जनजागृति बनको २० औं साधारणसभा सम्पन्न - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

जनजागृति बनको २० औं साधारणसभा सम्पन्न

साइनाे समाचारदाता पथरी/  मोरङको कानेपोखरी–५ स्थित जनजागृति सामूदायिक वन उपभोक्ता समूहले आफ्नो २० औं साधारण सभासम्पन्न गरेको छ । साधारण सभालाई सम्बोधन गर्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले ततकालिन सरकारले सामूदायिक बनको अवधारणा नयाएको भए बन संरक्षण चुनौतिपूर्ण हुने थियो, भन्नुभयो । स्थानीय सरकार गठन हुनु अघिको समूदायिक बन भन्दा अहिलेका सामूदायिक बनको भूमिका कमजोर हुँदै गएकोमा उहाँले चिन्त प्रकट गर्नुभयो । सामूदायिक बनले जनहीतमा काम गरे स्थानीय सरकारलाई तिरेको १० प्रतिशत करमा त्यति नै रकम थपेर दिन गाउँपालिका तयार रहेको काफ्लेले बताउनु भयो ।


सामूदायिक बन महासंघका प्रदेश १ सचिव अग्नि पौडेलले तीन वटा सरकारले बनाएका ऐनलाई टेकेर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–कर एकद्वार प्रणालीबाट तिर्ने ब्यवस्था मिलाइएको छ । सरकार र सामूदायिक वनहरू एकापसमा परिपुरक भएर काम गर्नुपर्नेमा जोड दिनु भएको छ । सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवले विधान र कार्ययोजना अनुसार काम गर्न बन पदाधिकारीहरूलाई आग्रह गर्नुभयो । वृक्षारोपण बर्सेनि गर्नु पने र एउटै बैंक खाता संचालनमा ल्याउन सुझाव दिनु भएको छ ।


वनका कार्यबहाक अध्यक्ष सविता राईको सभापतित्वमा भएको २० औं साधारण सभामा कोषाध्यक्ष लक्ष्मीप्रसाद रिजालले कार्य प्रगती तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो । सञ्चालक सदस्य चन्द्रबहादुर गुरुङले स्वागत भाषण गर्नुभएको कार्यक्रम सचिव सपना पुरीले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खवर