पथरीमा सपोट पुर्नस्थापना केन्द्र संचालनमा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरीमा सपोट पुर्नस्थापना केन्द्र संचालनमा

साइनाे समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा दुव्र्यसनमा लागेका यूवाहरुलाई पुर्न जिवन दिने उदेश्यका साथ सपोट पुर्नस्थापना केन्द्र खुलेको छ । बुधबार पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई र उप प्रमुख यमुना विष्ट बास्तोलाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।


लामो समय सम्म दुव्र्यसनको क्षेत्रमा काम गर्दै आएका विपिन गुरुङले २० लाखको लगानिमा सुविधा सम्पन्न पुर्नस्थापना केन्द्र संचालनमा ल्याएका हुन । पुर्नस्थापना केन्द्रले सामान्य शुल्कमा २५ जनाको क्षमता भएको सस्था सुरु गरेको हो ।
पुर्नस्थापना केन्द्रको उद्घाटन गर्दै पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रमा दुव्र्यसनमा लागेका किशोर किशोरीहरुका लागि पुर्नस्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।


उदघाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले दुव्र्यसनबाट छुटकारा दिलाउन युवाहरुको यसखाले काममा सवैको सहकार्य आवश्यक रहेको बताईन् । संस्थाका अध्यक्ष विपिन गुरुङले १ सय ५० जनासम्मलाई केन्द्रमा राखेर प्रदेश सरकार र नगरपालिकाको सहयोगमा निःशुल्क रुपमा दुव्र्यसनमुक्त अभियान सहित पुनःस्थापना कार्यक्रम अघि बढाउने योजना रहेको बताएका थिए ।

सम्बन्धित खवर