मोरङ ३ को क्षेत्रीय सभापतिमा राजेन्द्र ढकाल उठ्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

मोरङ ३ को क्षेत्रीय सभापतिमा राजेन्द्र ढकाल उठ्ने

विराटचौक/ एक पक्षीय रुपमा उम्मेद्वार घोषणा हुन थालेपछि नेपाली कांग्रेस मोरङ ३ को संघीय क्षेत्रीय सभापतिमा राजेन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । बामपन्थी बाहुल्यता रहेको मोरङ–३ मा कांग्रेस संगठनका लागि रातदिन भननी खटिरहेका ढकाल सुन्दरहरैचा १२ का स्थायीबासी हुन् ।

गुटको राजनीति समाप्त पार्ने अभियान चलाएका ढकाल पार्टीमा निषेधको राजनीति अन्त्य नभए पार्टी फेरि पनि क्लब जस्तै हुने बताउँछन् । उनले भने – आफूलाई मन नपर्ने नेता सहभागी भएको कार्यक्रममा क्षेत्रका ठूला भनाउँदा नेताहरू उपस्थित हुँदैनन् । तर, हामीहरू सबै नेताका भाषण सुनेर ताली ठोक्छौं । दल भन्दा माथि उठेर नागरिकको घर घरमा पुग्ने ढकाल बिगतको कांग्रेस नेतृत्वसँग सन्तुष्ठ छैनन् । अस्पतालमा बिरामीको उपचार गर्न ‘प्रेष्क्रिप्सन’ बोकेर हिड्दैमा सबैले पत्याउनु पर्ने रहेछ । उनले हालको सभापतिलाई इङ्कित गर्दै भने साथीहरूले उहाँको ५ वर्षे कार्यकालमा भएको सम्झन लायक काम भनिदिनु भयो भने म उहाँलाई पद छोडिदिन्छु ।

कम्युनिष्ट पार्टीका राम्रा मान्छे पार्टीमा आउनु भयो । हामी सबैले पथरी वाणिज्य संघको अध्यक्ष जितायौं । तर, रातो कार्पेटमा राखेर भित्राएका नेताहरूलाई उहाँहरूले नै घोक्र्याएर निकाल्नुभयो । अबको कार्यकर्ता स्मार्ट बनिसकें । कोही कसैको झोले बन्न चाहदैन । धनकुमार तामाङ जस्ता कार्यकर्ता पार्टीमा जोगाउन नसक्नेले भोलि पार्टीको नेतृत्व कसरी गर्नसक्छ ? पार्टी भित्र जस्ता चट्टानी अडान भएका अग्रज नेताहरू अहिले गुमनाम छन् । मेरो प्रश्न,सधैं कांग्रेस बिगार्नेहरूलाई बोकेर हिड्ने खड्का जीलाई फेरि सभापति बनाउँदा पार्टी कसरी जित्छ ।

खड्काले क्षेत्रीय कार्यलयको बोर्ड सम्म फेर्न भ्याउनु भएको छैन् ,अझै तत्कालिन क्षेत्रीय सभापति बद्रीकुमार निरौलाले लेखाउनु भएको मोरङ क्षेत्र नं. २ देख्न सकिन्छ । कार्यलय माकुरोको जालोले भरिएको छ । भित्र मात्र होइन, बाहिर रङ्गरोकन लगाउन कसले रोक्यो । पार्टी कार्यालय भूत बंगाला बनिसक्यो । कार्यक्रम कसैका घरमा , महलमा र रेष्टुरेन्टमा मात्र हुन थालेकाछन् । शौचालयमा पानी छैन । के गर्न उहाँ सभापति हुनुभयो । र अब के गर्नु हुन्छ , क्षेत्रीय प्रतिनिधि जान्न चाहन्छन् । ब्यक्तिलाई पार्टी भन्दै हिड्ने नेताबाट अब संगठन चल्दैन । बुढागोरुले गाई रुघें झैं नेतृत्व रुघ्न मात्र आउने हो भने मेरो केही भन्नु छैन । तर, उहाँको पहलमा पथरीशनिश्चरे र क्षेत्र नं. ३ मा भएको एउटा मात्र महत्वपूर्ण काम देखाउन आग्रह गर्छु ।

पार्टीमा उहाँ पुरानो नेता हो । अग्रजलाई सम्मान गर्छु । तर, पुस्ता हस्तान्तरण नगर्ने हो भने पछिल्लो पुस्ताको पालो कहिले आउँछ , म जवाफ चाहन्छ ु । ढकालले कोभिडको बेला क्षेत्र नं. ३ भरि खाद्यान्न वितरण देखि मास्क, सेनिटाइजर,सावुन वितरण गरे । त्यो पनि आफ्नै खर्चमा । हाल मोरङ जिल्ला सदस्य रहेका ढकाल क्षेत्रीय प्रतिनिधि र वडा सभापतिलाई विवेक पु¥याएर मतदान गर्न दिए आफूले जित्ने दाबी गर्छन । उनले भने – पैसाले सधैंभरि संगठन हुन्न । आम क्षेत्रीय प्रतिनिधिको घर घरमा पुगेका ढकाल भन्छन्, कसैले निरास बनाउनु भएको छैन । म आफ्नो बलमा काम गर्छु । साना तिना काम गर्ने सामथ्र्य राख्छु । कसैको बैशाखी बनेर काम गर्नु छैन्, उनले स्पष्ट कुरा राखे ।

दुई दिन अघि पथरीश्निश्चरे नगरपालिकाको वार्षिक समीक्षा गोष्ठीमा भएको घटना प्रति कांग्रेसले किन कानमा तेल हालेर बसेको उनले प्रश्न गरे । वडाध्यक्षले ९ करोड भ्रष्टाचार भएको कुरा उठाउँदा उनलाई मेयरले नगर प्रहरी लगाएर निकालेको समाचार भाइरल भएको छ । तर, खोई त्यहाँको नगर र क्षेत्रीय कांग्रेस बोलेको ? पार्टीले आफ्नो धारणा राख्नुपर्छ कि पर्दैन । मेयरको टिम गलत छ वा वडाध्यक्षले फण्डा गरिरहेका छन्। कांग्रेसले पथरीशनिश्चरेवासीलाई बुझाउनु पर्छ कि पर्दैन । उहाँ हिजो त्यही नगरपालिकाबाट मेयरको उम्मेद्वार बनेको ब्यक्ति होइन ? उनले पार्टी भित्र कमाउने , आसन ग्रहण गर्ने र चिया गफ गरेर आदर्शका कुरा छाट्नेहरूको हालिमुहाली भइरहेको दाबी गरे । आगामी चुनाबी एजेण्डा के हो ? त्यस विषयमा छलफल हुन्न ।

संघ संस्थाको नेतृत्वमा कसरी कांग्रेसलाई जिताउने त्यो पार्टीको एजेण्डा बन्दैन । बिचारले मानिस गलाउने भन्दा पान मदिरा र नगदले भुल्याएने तिर नेतृत्व केन्द्रीत छ । यसरी पार्टी संगठन बलियो हुँदैन । कार्यक्रममा अपमान गरेपछि क्षेत्रीय प्रतिनिधिले हल छोडे नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ का अग्रज नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने हल्ला चलाएर एकपक्षीय रुपमा उम्मेद्वार घोषणा गरेपछि यतिबेला युवापुस्ता कांग्रेसको भविष्य प्रति चिन्ता गर्न थालेको छ । दुई दिन अघि बेलबारी कांग्रेसको पार्टी कार्यलयमा महासमिति सदस्य सुनील शर्मा लगायतका नेताहरूले मोरङ ३(२)मा सभापति,उपसभापति,सचिव र सह सचिवको उम्मेद्वार घोषणा गरे ।

पार्टी कब्जा गर्न सकियो भने मात्र आगामी निर्वाचन जित्न सकिन्छ भन्ने आसयले नेताहरूले भाषण गरेपछि त्यतिबेलै केही कार्यकर्ता कार्यक्रम छोडेर निस्किएका थिए । कार्यक्रम छोडेर निस्किएका एक कांग्रेस कार्यकर्ताले भने –पार्टीलाई आगामी बैशाखमा हुने तीनै तहको निर्वाचनमा जिताउने भन्दा बिभाजनको रेखा कोर्ने र एउटा पक्षलाई निषेध गरेर जाने नेतृत्वको आसय देखियो । हामी कांग्रेस जिताउने अभियन्ता हौं । ब्यक्ति रहन्छ रहन्न ,त्यो महत्वपूर्ण कुरा होइन। पार्टी सधैं रहनुपर्छ । रुखधारी उम्मेद्वारले जित्नुपर्छ । केही नेताले क्षेत्रीय प्रतिनिधि धेरै जिताएर ल्याउँदा पनि टिमलाई पद ब्यबस्थापन गर्न गाह्रो हुने बताइरहेका थिए । उनले भने केही साथीहरू अर्को टिममा गए पनि हुन्थ्यो । बजारबाट किनेर ल्याएको पशु चौपायलाई जस्तै ब्यबहार पार्टी कार्यकर्तालाई भएपछि कार्यक्रम हलबाट बाहिरिएको कार्यकर्ताको भनाई थियो ।

सम्बन्धित खवर