पथरी/ नेपाली कांग्रेस यतिबेला ५ वर्षे अवधिका लागि नेतृत्व चयनमा छ । गाउँ होस या शहर बजार , चिया पसल होस, या आर्यघाट । जहाँ जता पनि अधिवेशनको चर्चा छ । वडा र गाउँ÷नगर अधिवेशन सकिएपछि कांग्रेसले आगामी मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दैछ ।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा हुने क्रम पनि बढेको छ । पथरीशनिश्चरे ७ का युवा नेता अनुप योन्जनले प्रदेश ३(१)को उप सभापति पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । लोककिरण न्यौपानेको टिमबाट उम्मेद्वार बन्नुभएका योन्जन पथरीशनिश्चरे क्षेत्रमा मात्र होइन । पुरै क्षेत्र नं.३ का ‘क्लिन चिट’ नेता हुनुहुन्छ । पिएल अनलाइन टिभीका प्रवन्ध निर्देशक समेत रहनु भएका अनुपले हाल सम्म पार्टीको कुनै जिम्मेवारीमा बसेर काम गर्न पाउनु भएन । सधैं अग्रजका लागि पद त्याग गर्नु भएका अनुप भन्नुहुन्छ–अर्काको लागि त्याग गर्दा गर्दै ४० कट्न लागि सकें । अब पनि छोडियो भने यतिका वर्ष पार्टीमा गरेको मेहनत खेर जान्छ भन्ने लागेको छ । योन्जनको परिवार बाजेका पाला देखि कांग्रेसमा थियो । अहिले पनि कुनै अबसर,लोभ र प्राप्तिका पछि नलागि उहाँ र उहाँको परिवार कांग्रेसी झण्डा मुनि गोलबन्द छ ।
कांग्रेसको सिपाही हुँ । कांग्रेसलाई अप्ठ्यारो परेको बेला साथ सहयोग गर्न उहाँलाई हार गुहार गरिरहनु पर्दैन । उहाँ भन्नुहुन्छ–मेरो उम्मेद्वारी कांग्रेससँग कुनै अवसर माग्नका लागि होइन । लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । हामीनेतृत्व छनौटका पछि मात्र दौडिएका छौं । पार्टीमा आगामी कार्यक्रम , भावी रणनीति , संघ, प्रदेश र स्थानीय तहको निर्वाचनका विषयमा कस्तो एजेण्डा तयार बनाउने भन्ने छलफल हुन्न । केवल चुनाव सुरु भएपछि झोलामा पैसा बोकेर हिड्दा जितिन्छ भन्ने सोच विकसित भएको छ । पैसा साधनको आवश्यक पर्छ । तर, साध्य होइन । विचार र आस्थामा प्रहार गरेर एउटा ब्यक्तिले एक पटक चुनाब जित्ला तर यस्ता नजिर कांग्रेस सधैं हार्ने छ । कांग्रेसलाई सधैं हार्न दिनेकी सधैं जिताउने ?योन्जनले आफूसधैं कांग्रेसले जितेको हेर्न चाहने कार्यकर्ता भएको बताउनु भयो । कांग्रेस कमजोर भएको हाम्रो निर्वाचन क्षेत्रमा नेताहरूले सर्वसम्मत नेतृत् वगर्न प्रयास गर्नुप¥थ्यो । तर,नेताहरूमा ईच्छा शक्तिको अभाव देखियो ।
चुनाब जित्नुहुन्छ भन्ने जिज्ञाषामा योन्जनले भन्नुभयो–जित नजिक पुगेका छौं । साथीहरूबाट हौसला प्राप्त भएको छ । उहाँले चुनाब जितेर पार्टीलाई सामूहिक निर्णयबाट अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
















