कांग्रेसलाई रुपान्तरणको खाँचो छ । त्यो हाम्रो पुस्ताले मात्र दिनसक्छ: लोककिरण न्यौपाने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

कांग्रेसलाई रुपान्तरणको खाँचो छ । त्यो हाम्रो पुस्ताले मात्र दिनसक्छ: लोककिरण न्यौपाने

को हुन लोककिरण ?

नेपाली कांग्रेसको १४ औं अधिवेसनका मोरङ क्षेत्र नं ३ (१) का सभापतिका उम्मेद्वार हुन लोककिरण न्यौपाने । न्यौपानेलाई पार्टी संगै समाजका विकृती विसंगती विरुद्ध खह्रो आवाज उठाउने निर्डर युवाका रुपमा लिइन्छ । काग्रेस मात्र हैन सबै पार्टीका नेताका नजरमा समेत छन उनी ।
पथरीशनिश्चरे ४ कीर्तिपुरका न्यौपाने कांग्रेसका स्थायी कार्यकर्ताका साथै सुकुम्बासीका नेता हुन् । अन्यायका विरुद्ध मात्र हैन माओबादीको स–सस्त्र आन्दोलनमा समेत गाउँ समाजको रक्षाका निम्ती ठिङग्रिङ उभिएका थिए । समाजलाई चाहिने निरडर युवा हुन उनि ।


कांग्रेस सत्तामा हुँदा भन्दा नहुँदा उनको खोजि धेरै हुने गर्दछ । नेपाली काग्रेस, गाउँ घर, समाजले केहि कामको अगुवाइ गर्नु पर्ने हुदा न्यौपानेले नगरेको सायदै कम होला । उनी नेपाली काग्रेस पार्टीका सिपाही हुन् । विचार र आस्थामा सत्तिसाल जस्तै दृढ छन उनी । माओवादी द्वन्द्वकालमा धेरै कांग्रेस र एमालेका कार्यकर्ता गाउँ छोडेर भाग्दा पनि लोककिरण डग्मगाएनन । अझै पनि औैषत मानिसको बुझाई कांग्रेस धनी मनि र सामन्ती वर्गको पार्टी हो भन्ने छ । तर, उनले कांग्रेस गरिव ,सुकुम्बासी, दलित र न्यून वर्गीय मानिसहको पार्टी हो भन्ने मान्यता स्थापित गराएका छन् ।
भूमिहीन सुकुम्बासीहरूको पक्षमा खरो बोल्ने लोककिरण २०५३ सालमा कक्षा ६ मा पढ्दा नेविसङ्घको सचिव भएका थिए । त्यसयता उनी कहिल्यै कतै बहकिएनन । भन्छन् – कांग्रेसलाई रुपान्तरणको खाँचो छ । त्यो हाम्रो पुस्ताले मात्र दिनसक्छ ।

स्नातक तह उत्तीर्ण गरेका ३४ वर्षीय न्यौपाने चुनाब जित्नेमा ढुक्क छन् । हुन पनि अघिल्लो अधिवेशनमा वडाबाट पुराका पुरा मत पाए पनि क्षेत्रमा उनलाई हराइयो । जस्को कारण आज सम्म काग्रेसले वडा, नगर र क्षेत्रमा कुनै गतिविधी गर्न सकेको छैन । कामका सवालमा जनतको समस्यालाई आफ्नो जिम्मेवारी लिएर अघि बढेका न्यौपाने भन्छन् –गरिव,सुकुम्बासी, भूमिहीन, दलित र विपन्न वर्गलाई कांग्रेससँग जोड्ने अभियानलाई अझ सशक्त बनाउन आफुले उम्मेद्वारी दिएको हुँ । मेरो मुख्य ध्येय पार्टीका तीनै तहका चुनावमा रुख चिन्ह वाहक उम्मेद्वारलाई जिताउने हो । जनप्रतिनिधि बन्ने भोक पनि त होला नि भन्ने जिज्ञाषामा उनले भने,–पार्टीले पत्यायो भने नाई भन्दिन । तर, मलाई नि दिनुपर्छ भन्ने तिर म लादिन । जसले पाए पनि मेरो क्षमताले भ्याए सम्म सहयोग गर्छु ।

यतिबेला उनि पथरीशनिश्चरे–४ को कीर्तिपुरस्थित उनको घरमा खेतिमा ब्यास्त छन । नेपाली कांग्रेस क्षेत्र नं ३ (१) का उम्मेद्वार लोककिरण न्यौपाने अधिवेसनको चटारोमा खेतमा धमाधम धान काटिरहेका छन । अधिवेसनमा आफ्ना समर्थकलाई चिया सम्म खुवाउन सकिन्छकी भनेर खेतला लगाउने पैसा जोगाउन ४ जना सहयोगी साथीहरू सहित धान काटीरहेका न्यौपाने पसिनाले निथु्रक्क भिजेका थिए ।

उनलाई हामीले प्रश्न ग¥यौं । मोरङ क्षेत्र नं. ३ (१) को कांग्रेस सभापतिको उम्मेद्वार भएर घर खेत मै अल्झिएर चुनाव जितिन्छ ? एक छिन अक्मकाएर भने नेताले कार्यकर्ता माथि दवाव दिएन्न भने जित मेरो हो । कार्यकर्ताले मुल्याङकन गरेका छन म गरिव छु तर कार्यकर्ताको समस्या र काम गर्ने कुरामा धनी छु । हुन पनि अचेल बजारमा कांग्रेसहरू झोलामा पैसा बोकेर भोट माग्न हिड्छन् भन्ने चर्चा छ । तर, लोककिरण आफ्नै धान काट्न खेताला लगाउने पर्याप्त पैसा नभएका कांग्रेस कार्यकर्ता रहेछन् । उनले भने पैसा नबाढी चुनाब जितिन्न भन्ने हल्ला छ । पैसा छैन् । दुईचार खेतालाको पैसा जोगाएर साथीभाइलाई चिया चमेना सम्म गराउनु पर्ला।

पटक पटक आन्तरिक चुनाव हारेका लोक किरणले खुलेर भने,–मैले १२ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि उठेर चुनाव हारें । त्यसपछि १३ औं महाधिवेशनमा क्षेत्रीय सचिव उठेर हारें । नेपाल तरुण दलको क्षेत्रीय सभापतिमा पनि हारें । तर, म थाकेको छैन । कांग्रेसले जनताको समस्यालाई आफ्नो समस्या ठान्नु पर्थो त्यो हुन सकेन कार्यकर्ताले यो कुरा महसुस गर्नु भएको छ । एक पटक म नेत्रित्वोमा पुगे भने सम्पुर्ण काग्रेस कार्यकताले मेरो पार्टी हो काग्रेस भन्ने बनाएर देखाउछु ।

हामीले सोध्यौं, चुनाव नजित्ने बानी रहेछ । किन उम्मेद्वार बन्नु भएको ? १३ औं महाधिवेशनमा मैले तत्कालिन पथरीशनिश्चरे १४ बाट शत प्रतिशत मत ल्याएर जितेको हुँ । यस्तो इतिहास लोकतान्त्रिक देशहरूमा बिरैलै भेटिएला । त्यसो त पथरीशनिश्चरेका सबै जसो वडाका अधिवेशन सर्वसम्मत हुन नसक्दा लोककिरणले आफ्नो वडामा सर्वसम्मत प्रतिनिधि चयन गरे ।

लोककिरणको टिममा उप सभापति अनुप योन्जन र प्रदीप राई छन् । योन्जन पथरीशनिश्चरे ७ का हुन भने राई कानेपोखरी ४ का हुन् । यस्तै सचिवमा पथरीशनिश्चरे २ का पर्शुराम गुरुङ र कानेपोखरी ५ का चन्द्रबहादुर गुरुङ उम्मेद्वार बन्ने टुङ्गो लागेको छ । सह सचिवका लागि कानेपोखरी–६ की शारदा याक्खा र पथरीशनिश्चरे ९ का बीरकाजी कट्वाल उम्मेद्वार बन्ने निश्चित भएको छ ।
यस्तै अर्को समूहबाट सभापतिमा बेलबारी–१० का गङ्गा याक्खा, उप सभापतिमा कानेपोखरी–६ का त्रिभुनाथ फुयल र पथरीशनिश्चरे ८ का बाबुराम दाहाल, सचिवमा कानेपोखरी–७ का हिमप्रसाद तिम्सिना र पथरीशनिश्चरे २ का मातृका प्रसाद न्यौपाने, सह सचिवमा पथरीशनिश्चरे ७ की राधा संग्रौला र पथरीशनिश्चरे १० नामी हाङ राईले उम्मेद्वारी दिने भएका छन् ।

सम्बन्धित खवर