नेपाली कांग्रेसका नेता कार्यकर्तालाई यति बेला चौधौं महाधिवेशनले छोपेको छ । वडा र गाउँ/नगरको अधिवेशन सकिएपछि मङ्सिर ३ गते हुने प्रदेश सभा अन्र्तगतका निर्वाचन क्षेत्रमा उम्मेद्वारी घोषणाको लहर चलेको हो। मोरङको निर्वाचन क्षेत्र नं. ३ (१) मा सबैभन्दा बढी चुनाब लागेको छ । ३ (२) मा उम्मेद्वारको नाम तय हुन नसकेको अवस्थामा ३ (१) मा भने दुईवटा प्यानल नै तयार भएका छन् । प्रदेश सचिवमा पर्शुराम गुरुङले आफ्नाे उम्मेद्वारी घाेषण गरेका छन ।

गुरुङ पथरीशनिश्चरे २ का युवा नेता पार्टीका स्थायी कार्यकर्ता हुन । नेपाल तरुण दल मोरङ क्षेत्र नं. ३ को सचिव रहेका गुरुङ २०५२ सालमा ने.वि.सङ्घ सँग आबद्द भए । उर्लाबारी–३ को सुनपकुवा माविमा अध्ययन गर्दा नेविसङ्घको कार्यकर्ता बनेर राजनीतिक यात्रा थालेका गुरूङ त्यस यता निरन्तर नेपाली कांग्रेस सँगै सामाजिक काममा छन । सामाजिक काम , राजनीति र ब्यापारलाई सँग सँगै अगाडि बढाएका गुरूङ राजनीतिलाई सेवाका रुपमा लिएका छन । उनि भन्छन –पैसा कमाउन ब्यापार र ठेकका पट्टा गर्ने हो । राजनीति सामाजिक सेवाका लागि । चौतारी सामूदायिक वन उपभोक्ता समूहको एक कार्यकाल सञ्चालक सदस्य भएर काम गरेका ४३ वर्षीय पर्शुरामले पथरी जेसीजको सदस्य भएर पनि काम गरिसकेका छन । उनि हाल कन्तुर बहुउदेश्यीय सहकारी संस्था लि पथरीको सञ्चालक सदस्य रहेका छन । पेशा, ब्यवसाय होस या राजनीति उनि हरेक ठाउँमा स्थानीय वासिन्दासँग जोडि रहेका छन । गत वर्ष उनकाे अगुवाईमा एक महिना सम्म फुड बैंक सञ्चालन भएकाे थियाे । कोभिडका कारण हात मुख जोड्न नसकेका पथरीश्निश्चरेका अति विपन्न ६ सय परिवारलाई उनकै अगुवाईमा खाद्यान्न वितरण गरियो । देश विदेशमा रहेका मनकारी ब्यक्तिहरूलाई जोडेर उहाँले झण्डै ७ लाख रुपैयाँको खाद्यान्न सहयोग गर्नुभयो ।
https://www.facebook.com/sainomedia/videos/218377407086652
सामाजिक , राजनीति र पेशा ब्यवसायमा मात्र होइन । धार्मिक क्षेत्रमा पनि पर्शुरामको योगदान अतुल्य छ । आफ्ना भाइ बन्धुहरूलाई एकताकोसुत्रमा बाँध्न उहाँ लगायतका बन्धुहरूले तमु गुरुङ एकता समाज गठन गर्नु भएको छ । संस्थाको ब्यवस्थापक भएर काम गरिरहनु भएका पर्शुराम भन्नुहुन्छ– पार्टीसँग कुनै अपेक्षा गरेको छुइन । मात्र, पार्टीलाई के योगदान दिन सक्छु भन्ने सोचिरहेको छु । किन कांग्रेस बन्नुभयो भन्नेमा गुरूङले भन्नुहुन्छ–बामपन्थी अराजक लाग्यो । सानै उमेरमा पथरीका कांग्रेस नेता सैंन्यध्वज गुरूङकी ७० वर्षकी आमालाई कम्युनिष्टहरूले कुटेको आफ्नै आँखाले देखेपछि कम्युनिष्ट प्रति घृणा जाग्यो । २०४६ पछि पथरी क्षेत्रमा कम्युनिष्टहरूको दवदवा थियो । सामान्य विषयमा भनाभन हुँदा कांग्रेसले कुटाई खान्थे । कम्युनिष्ट सम्झने बित्तिकै बाल मष्तिष्कले देखेको त्यहीँ दृष्य झलझलि आँखामा आउँछ । त्यसो त गुरूङ परिवार पुख्र्यौली रुपमा कांग्रेस समर्थक थिए । किन उम्मेद्वारी दिनुभयो भन्ने जिज्ञाषामा गुरूङ भन्छन –कांग्रेसलाई स्थानीय, प्रदेश र संघको निर्वाचनमा जिताउने अभियानलाई बलियो बनाउन उम्मेद्वारी दिएको हुँ । कांग्रेस बाहेक अरु केही नदेख्ने गुरुङ अग्रज नेताहरू बसन्त भट्टराई, शेखर थापा,सुनील शर्मा, सुयर्माराज राई सबैलाई उत्तिकै सम्मान गर्नुहुन्छ ।

नेताहरूले चुनावी प्रतिस्पर्धा हुने वातावरण बनाउनु हुन्न थियो । सहमति भएन । हामी चुनावमा गयौं, अब विवेक प्रयोग गरेर क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूलाई मत दिने वातावरण तयार गर्नुपर्छ । चुनाव लोकतन्त्रको मेरुदण्ड हो , त्यसो भन्दैमा चुनावले सबै समस्याको समाधान दिन सक्दैन । नेताहरूले यो मेरो,यो तेरो गर्नु हुन्न । जसले जिते पनि कांग्रेसले जित्छ र जित्नेले आगामी संसदीय निर्वाचनमा कांग्रेस जिताउन सहयोग गर्नुपर्छ भन्ने बुझ्नुपर्छ ।