पिट्सबर्ग च्यालेन्ज कपको उपाधी बेलबारीलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

पिट्सबर्ग च्यालेन्ज कपको उपाधी बेलबारीलाई

साइनाे समातारदाता पथरी/  पिट्सबर्ग च्यालेन्ज कपको उपाधी बेलबारीले चुमेको छ । दमक फुटवल क्लव झापालाई सडनडेथमा हराउदै बेलबारीले उपाधी चुमेको हो । शुक्रबार सम्पन्न फाइनल खेलमा दमक फुटवल क्लवलाई सडन डेथमा हराउदै बेलबारी फुटवल क्लव बेलबारीले उपाधी जितेको हो । निधारी समय गोल रहित बराबरीमा भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा दुबै तर्फबाट बराबरी गोल भए पछि खेलको निर्णय सडन डेर्थबाट लिएको थियो । सडन डेथमा बेलबारीले ७–६ गोल अन्तरले दमकलाई पराजित गरेको हो । टाइब्रेकरमा बेलबारीका लागि आकाश बस्नेत, वेल्सन गिरि , विवेक पौडेल , शंकर राई, काशिम राई, पारस खत्री र विनोद राईले गोल गरेका थिए भने दमकका लागि रोशन धिमाल, आशिष लिम्बू, गौरव धिमाल, ओम प्रकाश तामाङ्ग, रोशन तामाङ्ग र किस्मत लिम्बुले गोल गरे भने राजन धिमालको प्रहार विफल भएको थियो । अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लवको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकामा रहेको मेघ सुबेदीको कम्पनी सिजल सिस्टरले गरेको छ ।

प्रतियोगिताको विजेता बेलबारी फुटवल क्लव बेलबारीले नगद १ लाख १ हजार प्राप्त गरेको छ भने उपविजेताले दमकले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बिधागत पुरस्कारतर्फ बेलबारीको बर्चश्व रहेको छ । खेलको म्यान अफ द म्याच दमकका गौरव धिमाल घोषित हुदै नगद २ हजार ५ सय प्रप्त गरे । विधागत पुरस्कार तर्फ बेलबारीका मुस्कान लिम्बु उत्कृष्ट गोल किपर, सुमन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, पारस खमी उत्कृष्ट मिड फिल्डर, शंकर सुबेदी उत्कृष्ट कोच र उच्च गोलकर्ता विबेक पौडेल घोषित भए । त्यस्तै दमकका किस्मत लिम्बु उत्कृष्ट फर्वाड भएका छन पुरस्कृत खेलाडीले जनही ५÷५ हजार र ट्रर्फी प्राप्त गरेका छन भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका आशिष लिम्बु घोषित हुदै नगर ७ हजार ५ सय सहित ट्रर्फि प्राप्त गरेका छन । पुरस्कृत टिम र खेलाडीलाई मोरङ क्षेत्र नं. ३ क का प्रदेश संसद सुर्यमाराज राईले पुरस्कृत गर्नु भएको थियो । मोरङको पथरी शनिश्चरे १० शरणार्थी क्याममा रहेको खेल मैदानमा सम्पन्न पिट्सबर्ग च्यालेन्ज कप अमेरीकामा बस्दै आएका नेपाली भाषी भुटानी समुदायको क्लव थ्री रिभर्स क्लवको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा झापा मोरङ सुनसरीका ८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर