बेलबारी गोल्डकपको फाइनलमा शेर्पा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलबारी गोल्डकपको फाइनलमा शेर्पा

साइनाे समाचारदाता लक्ष्मीमार्ग/ हिमालयन शेर्पा क्लब यहाँ जारी चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा शेर्पाले रोलिङ क्लब, झापालाई ३–१ ले हराउँदै सिजनको पहिलो फाइनलमा पुगेको हो ।

लक्ष्मीमार्ग रंगशालामा भएको खेलको १६औं मिनटमा पिस्टनको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफसम्म शेर्पाले सोही अग्रतालाई कायम पनि राख्यो । दोस्रो हाफतर्फ ५०औं मिनटमा कप्तान विश्वास श्रेष्ठले शेर्पाका लागि दोस्रो गोल गरे भने त्यसको दुई मिनट लगतै बिसन गुरुङले तेस्रो गोल थप्दै शेर्पाको प्रभावशाली जित सुनिश्चित गरे । त्यस्तै ५७औं मिनटमा रोलिङका लागि डेडी वाम्बालेले एक गोल फर्काए तापनि झापाली टोलीको हार टार्न सकेनन् ।

प्रतियोगिताको उद्घाटन खेलमै च्यासल युथ क्लबलाई हराएर उत्साहित बनेको रोलिङले सोही नतिजालाई शेर्पा विरुद्ध दोहोर्याउन सकेन । खेलमा शेर्पाका त्रिदेव गुरुङ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र रारा एफसी बीच हुने आयोजकले जनाएकोे छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

सम्बन्धित खवर