योगेशको निर्णायक गोल संगै राजारानी धनकुटा अन्तिम चारमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

योगेशको निर्णायक गोल संगै राजारानी धनकुटा अन्तिम चारमा

चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डक 

साइनाे समाचारदाता पथरी/ बेलबारी गोल्ड कप २०७८ अन्तरगतको अन्तिम क्वाटर फाइनल खेलमा राजारानी फुटवल क्लव धनकुटा विजयी भएको छ । अर्तिरिक्त थप गरेको समयमा योगेश गुरुङले गोल गर्दै २-१ गोल अन्तरले राजारानी फुटवल क्लव धनकुटा विजयी भएको छ ।

बुद्घ चेम्जोङ, कर्ण लिम्बू, योगेश गुरुङ र ३ जना विदेशी खेलाडी सहित मैदान उत्रिएको राजारानि फुटवल क्लवका लागि नतिजा आफ्नो बनाउन अन्तिम थप गरेको २ मिनेट कुर्नु परेको थियो । राजारानी फुटवल क्लव धनकुटाकाका ग्लोरी १० मिनेटमा गोल गर्दै खाता खोले पनि खेलको ३१ मिनेटमा आयोजक डाँगिहाटका सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा पुर्याए । ग्लोरीले कर्ण लिम्बुको पासमा उत्कृष्ट गोल गर्न सफल भए भने सन्तोषले एकल प्रयासमा गोल गरेका थिए । अन्तिम थप गरेको २ मिनेटमा राजारानीका योगेश गुरूङले सेन्टरमा पाएको गोलमा वान भर्सेस वनमा गोल गर्दै राजारानी फुटवल क्लवलाई विजयी गराए ।

आयोजक डाँगिहाटले निकै चर्चित र राष्ट्रिय लेवलका खेलाडी सहित मैदान उत्रिएको राजारानीलाई दवावमा राखेको थियो । तर खेलमा पाएको सुनौला अवसरहरुमा स्कोर गर्न नसक्दा आयोजकले हार बेहोर्नु परेको हो । जित संगै राजारानी धन्कुटाले दोस्रो सेमिफाईनलमा सशस्त्र प्रहरी बल काठमाण्डौको सामना गर्ने छ । खेलको म्यान अफ द म्याच राजारानि धनकुटाक बुद्घ चोम्जोङ घोषित भए । चेम्जोङलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस मोरङका सचिव नागेश कोईराल ज्युले नगद ५ हजार ५ सय र ट्रफि प्राप्त गरे गर्नु भएको छ ।

कार्तिक १५ गते हुने पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौ र रोलिङ फुटवल क्लव धुलाबारी विच हुने छ । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर