अविरल वर्षाले धनजनकाे, क्षति उपप्रमुखकाे टाेलिले द्धारा अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

अविरल वर्षाले धनजनकाे, क्षति उपप्रमुखकाे टाेलिले द्धारा अनुगमन्

साइनो समाचारदाता पथरी/ अविरल वर्षा पछिको बाढीले मोरङको पथरी शनिश्चरे ५ हसन्दह क्षेत्रका ४ ठाउँकाे बाँध फुटाएर बक्राहा नदी वस्तीमा पसेर धनजनकाे क्षति गरेकाे छ । नदीले गरेकाे वस्ती र धनजनमा क्षतिकाे पथरी शनिश्नचरे गरपालिकाबाट उपप्रमुख सहितकाे टाेलिले आज अनुगमन् गरेको छ ।

गए राती स्थानीय पौडेल चोक पूर्व २ ठाँउमा र सुगा बजार पूर्व १ ठाँमा बक्राहा नदीले बाँध फुटाएको छ । त्यसभन्दा पूर्व बक्राहाको पूर्वी खण्डमा पर्ने मौलीबारीमा पनि बाँध फुटाएर नदी वस्तीमा पसेको छ । जसबाट वडाका दर्जनौं घर डुवानमा परेका छन् । सयौं विगाहा क्षेत्रको पाकेको धानवाली नष्ट भएको अनुगमन समितिले जानकारी लिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन् सदस्य एवम् २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, ५ नम्बर वडा सदस्य चेतेन्द्र खड्का, सवइन्जिनियर दीपक आचार्य सहितको टोलीले अनुगमन् गरेको हो । पौडेल चोक पूर्व २ स्थान र सुगा पूर्वमा सानो बाँध फुटाएर बाढी वस्तीमा पसेको तथा पानीझरीले पाकेको धानवाली नष्ट पारेको अवस्थाको अनुगमन् गरेको छ । बाढीले होचो स्थानमा रहेका घरहरुका कुखुरा, हाँस, खाद्यान्नमा पनि क्षति पुर्याएको छ ।

अनुगमन्का क्रममा १ दर्जन बढी घर पानीले डुवानमा परेर समस्या परेका पीडित परिवारलाई भेटी क्षतिको अवस्थाका बारेमा भोली बस्ने नगर कार्यापालिका बैठकमा जानकारी गराउने उपप्रमुख वास्तोलाले जनाउनु भयो । उहाँले बाँध फुटाएको ठाउँमा नगरका प्राविधिक पठाएर तत्काल त्यसको रोकथामको उपाय खोज्ने बताउनु भयो । साथै त्यहाँ ठूलो खर्चमा व्यवस्थित बाँध नबाँधे समस्या भइरहने जनाउँदै संघीय सरकारले यस अघ तय गरेको बक्राहा डाँस नदी नियन्त्रण कार्यक्रम तत्काल सुचारु गर्ने पहलका लागि प्रदेश मन्त्रालयमा समेत जानकारी गराउनु भयो । हसन्दह क्षेत्र समेत पर्ने निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित सांसद एवम् आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलाबल्लभ अधिकारीलाई समेत सोको ध्यानाकर्षण गराउनु भएको छ । यस अघि पनि पटक पटक बाँध फुट्दा सयौं घर डुवानमा परेर धनमालको क्षति व्यहोर्दै आएका हसन्दहबासी लगातारको वर्षाका कारण रातभरजसो जागै बसेका छन् । त्यहाँ नदीको सतह वढ्दै गएर बाढी वस्तीमा पस्न सहज बन्दै गएको छ ।

डाँस खोलामा आएको बाढीले वडा नम्बर १० को जिरिखिम्ती, ९ र १० को सीमा क्षेत्रमा कटान गरेको अवस्थाको पनि अनुगमन भएको छ । कटान भएको क्षेत्रमा वहाव परिवर्तनका लागि वडा नम्बर १० को जागृति टोल पश्चिमको मलामी टहरा दक्षिणमा च्यानलाइज गर्ने काम थालिएको छ । जिरिखिम्तीको डाँस खोला पुल उत्तरमा खोलाको बहाव सिधा पार्न र ९ नम्बरको आदर्श सीता आधारभूत विद्यालयको खेल मैदान जोगाउन पनि स्काभेटरको प्रयोग गर्न लगाइने छ । वडा नम्बर १० को पशुपतिनगर क्षेत्र पनि बाढीले जोखिममा पारेको छ ।

सम्बन्धित खवर