डाँस मोरङ्गी सामुदायीकको बिकाशका लागि मेरो उमेद्वारी : गणेश दाहाल राजु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

डाँस मोरङ्गी सामुदायीकको बिकाशका लागि मेरो उमेद्वारी : गणेश दाहाल राजु

साइनो समाचारदाता पथरी/ डाँस मोरङ्गी सामुदायीक वनको उपाध्यक्षमा पुर्न गणेश दाहाल (राजु) ले उमेद्वारी दिएका छन । गणेश (राजु) केहि समय वैदेशीक रोजगारीबाट गाउँमै आफ्नै ब्यापार ब्यावसाय गर्न फर्किएका युवा हुन । उनि गाउँमै एक ट्याक्टर किनेर खेति किसानी गर्दै सामुदायीक वनमा अहोरात्र खटिने युवा हुन । आफ्नै ठाउँमा कृषी पेशा अंगाल्दै सामुदायीक वनलाई समय दिदै आएका युवा दाहालको नेत्रित्वले समुहको १८ लाख ऋण तिर्दै १४ लाख मुनाफा आर्जन गरेको छ ।


दाहाल कुनै सरकारी जागिरमा आबद्ध नभएका कारण पनि समुहलाई पर्याप्त समय दिन सकेका छन । समुहका लागि पर्याप्त समय दिन र समुहका हरेक गतिविधीलाई पारदर्शि गर्न सकेका कारण समुह आज यो स्थानमा आएको दाहालले बताए । दाहाल भन्छन “समुहमा राम्रो टिम र सहि योजना आयो त्यसमा सबै कार्यसमिति र उपभोक्ता सदस्यहरुको साथ पाईयो” ।
कामलाई मुख्य प्राथमिक्तामा राखेर अघि बढेका युवा दाहाल कसैलाई आरोप प्रत्यारोप गर्नु भन्दा पनी समुहका सबैको लगनसीलताका कारण डाँस मोरङ्गी सामुदायीक वनले यो सफल्ता हासिल गरेको बताउछन । यो सफल्तामा जस र अपजसको भागिदार कार्यसमितिका सबै साथीहरुको बराबरी हक भएको बताए ।

१९ औ. चुनावी साधारण सभाको १८ लाख ऋण तिर्दै ४ उपभोक्ताको घर निमार्ण गर्न सफल भएका टिम दाहालले उल्लेखनीय भुमिका खेलेका थिए । ७६ सालमा समुहमा कार्यसमिति अपुर्ण भए पछि प्रबेश गरेका दाहालले समुहका राम्रा कामलाई निरन्तरता दिदै नयाँ नयाँ काममा हातेमालो गर्दै अगाडी बढेका छन । विपन्न वर्गाका लागि समुहले चलाएको मासिक १० केजी चामललाई निरन्तरता दिदै अनावश्यक सहयोग र चन्दा बन्द गर्न समेत पहल गरेका छ । दाहाल भन्छन “एक कार्यकाल सिक्दै र काम सुरुगर्दै बित्यो अव सुरु गरेका काम, वन विकाश र पर्यपयटनका काम सम्पन्न गर्नु छ । मोरङ्गी खोला उतरमा रहेको खोला र सिमसार क्षेत्रमा पर्यपयटनको काम गर्दै हरेक उपभोक्ताका टोल सम्म पुग्ने बाटाघाटा निर्माण गर्ने योजना सफल पार्न २० औं चुनावी साधारण सभाबाट एक पटक अवसर दिन उपभोक्ता सदस्यहरुमा अनुरोध गरेका छन ।
अव सामुदायीक वनमा आबद्ध हरेक उपभोक्ताका छोरा छोरी त्यसमा पनि अति विपन्न वर्गाका बालबालिका जो शिक्षाबाट बन्चीत छन उनिहरुको शिक्षाका लागि समुहमा काम गर्ने योजना लिएर दाहालले पुर्न उपाध्यक्ष पदमा चुनाव चिन्ह घडी लिएर उमेद्वारी दिएको बताए ।


१८ लाख घाटा रहेको डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले १४ लाख मुनाफा आर्जन गर्नुका पछाडी सफल नेत्रित्वनै रहेको देखिन्छ । १९ औ. चुनावी साधारण सभा सम्म १८ लाख घाटामा रहेको सामुदायीक वनले नयाँ नेत्रित्व पाए संगै समुहले मुनाफा आर्जन गर्न सफल भएको हो । १९ औं चुनावी साधारण सभाबाट निर्वाचीत उपाध्यक्ष र कोषाध्यक्षले राजिनामा दिए संगै समुहले ७६ सालमा २ युवा नेत्रित्वको साथ पाएको थियो । उपाध्यक्ष गणेश दाहाल (राजु) र कोषाध्यक्षमा धन बहादुर श्रेष्ठ सर्वासमत समुहमा आए पछि सामुदायीक वनले कोल्टे फेरेको देखिन्छ ।

डाँस मोरङ्गी सामुदायीक वनमा २ पदका लागि कार्तिक ६ गते चुनाव हुदैछ । उपाध्यक्षमा गणेश दाहाल (राजु) र शिक्षिका गिता खड्का विच प्रतिशपर्दा हुदै छ भने कोषाध्यक्षमा धन बहादुर श्रेष्ठ र शान्ति माया विश्वकर्मा विच प्रतिशपर्दा हुदैछ । अन्य पदमा भने अध्यक्ष विध्या पोख्रेल सचिवमा कविता दाहाल र सह–सचिवमा डम्बर बस्नेत सर्वसमत चयन भएका छन ।

सम्बन्धित खवर