नर्थ राधानगरको उपाधी आयोजकलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, फागुन ११, २०८०

नर्थ राधानगरको उपाधी आयोजकलाई

साइनाे समाचारदाता पथरी/ मोरङको बेलबारी ८ मा सम्पन्न प्रथम राधानगर नकआउट कप २०७८ को उपाधी आयोजक नर्थ राधानगर फुटवल क्लवले चुमेको छ । नर्थ राधानगर फुटवल क्लव र पञ्चायन फुटवल क्लव विच भएको खेलमा ट्राइबेकरमा ० का विरुद्ध ३ गोल गर्दै आयोजक नर्थ राधानगर विजयी भएको हो ।


निकै प्रतिस्प्रदात्मक खेलमा निर्धारीत समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएर टुङगिएको थियो ।
ट्राइबेकरमा आयोजकका गोल रक्षक सुर्य अधिकारीले पञ्चायनका टिम क्याप्टेन अन्जान लिम्बुको पहिलो प्रहार नै सेफ गरे पछि निरास बनेको पञ्चायनले अरु दुबै गोल बाहिर प्रहार गर्न पुग्यो । पञ्चायनका लागि सन्तोष दाहार र अनिस चौधरीले प्रहार गरेको बल बाहिरीए पछि आयोजकले सहज जित हासिर गर्न पुग्यो । आयोजक नर्थ राधानगरका लागि योन्जन लिम्बु, नविन गुरुङ र विबेक पौडेलले गोल गर्दै ० का विरुद्ध ३ गोल गर्दै आफ्नो टिमलाई उपाधी दिलाए ।


यो संगै आयोजक नर्थ राधानगर रु ५१ हजार मेडल, ट्रर्फी तथा प्रमाण पत्र हात पारेको छ भने उपविजेता टोली पञ्चायन फुटवल क्लव सुनसरीले रु ३१ हजार मेडल, ट्रर्फी तथा प्रमाण पत्र हात पारेको ।
खेलको नर्थ राधानगरका सुर्य अधिकारी उत्कुष्ट गोल किपर, वेष्ट डिफन्ड नविन गुरुङ, वेष्ट मिड फिल्डर विबेक पौडेल, सर्वोकृस्ट खेलाडी अरुण लिम्बु म्यानअफ द म्याच योन्जन लिम्बु, हाई स्कोर सन्जु बस्नेत, वेष्ट कोच सन्देश गुरुङ घोसित भए भने पञ्चायन अन्जान लिम्बु वेष्ट फर्वाड, उदयमान खेलाडी नविन राई घोषित भए ।


प्रतियोगिताको विजेता तथा उपविजेता टोलिलाई मोरङ जिल्ला खेलकुद संघका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै फाईनल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नोवेल मेडिकल कलेजका तथा काठमाडौ मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले ब्रजिल र अमेरिकाको उदाहरण दिदै फुटवलको स्तर राम्रो हुनुमा कुनै पनि राष्ट्र धनि वा गरिव हुनुले फरक पार्दैन तर गाउँ गाउँमा यस्ता प्रतियोगीता संचालन भए अन्तराष्ट्रयी स्तरमा खेल्न सक्ने खेलाडीहरु उत्पादन हुने बताए ।

सम्बन्धित खवर