विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

साइनाे समाचारदाता विराटनगर/ अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार बिराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ तथा संगठनले शिविर आयोजना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण कुमार बिसीले पानसमा बत्ती बालेर शिविर उद्घाटन गरे । शिविर उद्घाटन गर्दै डिआईजी बिसीले अग्रपंतिमा खटिने लक्षित बर्गले शिविरबाट फाइदा लिने विश्वास व्यक्त गरे । बिहान ९ बजेबाट सुरु भएको एक दिने शिविर अपरान्ह करिब ४ बजे सकिएको छ ।

शिविरमा ५ सय ८९ जना विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका छन् । नोबेल अस्पतालका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, हाडजोर्नी रोग बिशेषज्ञ डा.रञ्जिव झा, फिजिसियन डा.सन्दिप गुरागाई लगायत बिशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा भिडियो एक्सरे, इको, इसीजी, ल्याबटेष्ट लगायत सेवासहित औषधि पनि निःशुल्क प्रदान गरिएको छ । बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा शिविर सञ्चालन गरिएपछि विरामीको भीड लागेको थियो । शिविरमा यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यसहित अन्य सर्वसाधरणले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर