पथरी शनिश्चरे नगर उपसभापतिमा सन्तोषको दाबी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

पथरी शनिश्चरे नगर उपसभापतिमा सन्तोषको दाबी

साइनाे समाचारदाता पथरी/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ ,नगर अधिवेशन आगमी असोज १६ गतेलाई तय भएको छ । वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले गाउँ ,नगर समिति ,प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेशको क्षेत्रीय समिति ,केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति र जिल्ला समितिको नेतृत्व चयन गर्नेछ ।


यसै बीच मोरङको पथरी शनिश्चरे नगरको नगर उपसभापतिमा युवा नेता सन्तोष कार्कीले आफ्नो दावी प्रस्तुत गर्नु भएको छ । कांग्रेसको १० औं महाधिवेशनमा क्रियाशील सदस्यता प्राप्त गर्नु भएका कार्की हाल पथरीशनिश्चरे नगर समितिको सदस्य हुनुहुन्छ । साविकको हसन्दह गाविस राज्य पुनसंरचना पछि पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा समाहित भयो । हसन्दह नेपाली कांग्रेसको उर्वर क्षेत्र मानिन्छ । त्यही उर्वर ठाउँबाट कांग्रेसको राजनीति सुरु गर्नु भएका कार्कीले माध्यमिक तहको अध्ययन भने पथरीको पञ्चायत माविमा गर्नुभयो । पञ्चायत मावि उसबेला एमाले अखिलको राम्रो गढ मानिन्थ्यो । अखिलको गढमा नेविसंघको सदस्य भएर बस्न धेरै गाह्रो थियो । सुरु सुरुमा साथीहरूले सन्तोषलाई पनि कम्युनिष्ट बनाउन धेरै जोडबल गरे । तर, सन्तोष नडगमगाई नेविसंघको संगठनमा लागि रहनु भयो ।
विद्यालय पढ्दा होस , वा क्याम्पस । ब्यापार गर्दा होस वा कृषिकर्म । जहाँ जे गरेपनि उहाँ नेपाली कांग्रेससँग जोडिएर रहनु भयो । लामो समय कांग्रेसको राजनीति गरे पनि उहाँले पद र प्रतिष्ठाको लोभ गर्नु भएन । साथीभाइ र अग्रजले भनेपछि कुरा नकाट्ने कार्कीको बानीले सबैलाई मोहित गरेको छ । उहाँ निकटहरू भन्छन्– कार्की सधैं सर्वसम्मतको पक्षमा उभिनु हुन्छ ।आफू भन्दा अग्रजले भनेपछि पद र प्रतिष्ठा पनि त्यागी दिने कार्की यो पटक पथरीशनिश्चरेको नगर उप सभापतिको दाबी गरिरहनु भएको छ । तपाईको चुनाबी एजेण्डा चाँही के छन् भन्ने जिज्ञाषामा कार्कीले भन्नुभयो– उप सभापतिलाई केन्द्र देखि गाउँरनगर तह सम्म प्रशिक्षणको संयोजक बनाउने ब्यवस्था छ । उहाँले भन्नुभयो –प्रत्येक कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति र सिद्दान्तका विषयमा जानकारी दिनुपर्छ । प्रशिक्षित कार्यकर्ताबाट मात्र संगठन बलियो हुन्छ । बलियो संगठन भए स्थानीय तह देखि संघीय संसद सम्मको निर्वाचन जित्न सकिन्छ । उप सभापतिमा निर्वाचित भएपछि कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गर्नु भएका कार्कीले भन्नुभयो – मेरो अर्जुन दृष्टि नै रुख चिन्ह लिएर उम्मेद्वार बनेका साथीहरू बिजयी गराउने हुनेछ ।
हसन्दह पथरीशनिश्चरे नगरपालिकामा समाहित भए पनि अझै नगरपालिका जस्तो हुन सकेको छैन् । हसन्दहको भूगोल नगरपालिकामा जोडियो । तर,बिकासमा अझै पनि हसन्दह पछि परिरहेको छ । मानव संसाधनको बिकास होस , या भौतिक पूर्वाधार बिकास होस । हसन्दह अझै पनि नगरको मूल धारसँग जोडिन सकेको छैन् । अझै सम्म कुनै पनि बैंकले हसन्दहमा शाखा बिस्तार गरेका छैनन् । राज्यले दिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अझै पनि पथरी थाउनु पर्ने अवस्था छ । कार्की भन्नुहुन्छ – पार्टीले तयार गर्ने बिकास निर्माणका समग्र एजेण्डाले नगरका सबै क्षेत्र,वर्ण, लिङ्ग, जात, धर्म समेटिनु पर्छ । यो नै मेरो प्रमुख राजनीतिक एजेण्डा हो । गुट वा समूह भन्दा सामुहिक प्रयासबाट निर्णय निर्णय लिने कार्की आफू उप सभापति भए पथरीशनिश्चरेमा कांग्रेसलाई विजयी बनाउने दाबी गर्नुहुन्छ ।
ब्यवसायसँगै राजनीतिमा होमिनु भएका कार्की सामाजिक क्षेत्रमा समेत उत्तिकै चर्तित हुनुहुन्छ । समस्या लिएर कार्कीसँग पुग्नेहरू भन्छन् – सन्तोषले राजनीति भन्दा माथि उठेर सर्वसाधारणका काम गरिदिनुहुन्छ ।

सम्बन्धित खवर