विराटनगर महानगरले आफै गर्न थाल्यो तीन पांग्रे सिटी सफारीको रुट, इजाजत, नविकरण र जाचपास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

विराटनगर महानगरले आफै गर्न थाल्यो तीन पांग्रे सिटी सफारीको रुट, इजाजत, नविकरण र जाचपास

विराटनगर/  तीन पांग्रे सिटी सफारी (ई रिक्सा) को नविकरण,रुट इजाजत तथा जाचपास विराटनगर महानगरले आफै गर्ने भएको छ । महानगरले बिहिबार एक कार्यक्रम गर्दै सिटी रिक्सा चालकहरुलाई सवारी साधन चलाउने अनुमती पत्र प्रदान गरेको छ । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले सम्युक्तरुपमा अनुमतिपत्र वितरणको शुभारम्भ गरेका थिए ।

महानगरले केही समय अगाडी तीन पांग्रे इ रिक्साको नविकरण र रुट इजाजतका लागि महानगरमै सम्पर्क राख्न र कर तिर्न आग्रह गरेको थियो । महनगरमा दर्ता भइ चल्ने सिटी रिक्साहरुले सवारी अनुमतिपत्र पाएका छन् । कार्यक्रममा बोल्दै मेयर पराजुलीले सिटी रिक्साको पूर्ण व्यवस्थापनका लागि यो नियम ल्याइएको र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रदेश यातायात व्यवस्था कार्यालयले जारी गरेको इजाजत पत्रको आधारमा वितरण गरिने राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए ।

प्रदेश सवारी तथा यातायत व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायत व्यवस्था नियावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ बमोमि नविकरण,रुट इजाजत तथा जाचपास लगायतका कार्यहरु थालनी गरिएको प्रधानले जानकारी दिए । उनले रिक्सा दर्ता गर्न आउने क्रम जारी रहेका कारण केही समयमै रिक्साको संख्या पनि एकिन हुने बताए । कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष मीनकुमार आचार्य,नगरप्रहरी प्रमुख राजन पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर