प्रदेश नं १ मा मुख्यमन्त्री भीम आचार्य को हुन् ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश नं १ मा मुख्यमन्त्री भीम आचार्य को हुन् ?

माेरङ/ सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । संविधानको धारा १६८ (१) अनुसार उनि मुख्यमन्त्री बनेका हुन ।

                       प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बिहीबार नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।                    प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बिहीबार नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।

मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो । नेकपा (एमाले) का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख) बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थियो । यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका हुन ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए । विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय भएको थियो । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए ।

सम्बन्धित खवर