नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

साइनाे समाचारदाता विराटनगर/ नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए । यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्तो शल्यक्रिया हुँने डा.ठाकुर बताउँछन् । उनी भन्छन्, ‘यो जटिल सर्जरी हो, मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौं । यस्तो सर्जरी नेपालका केही अस्पतालहरुमा मात्र हुन्छ ।’

डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई विरामीको ज्यानै जानसक्ने खतरा थियो । तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन् ।

जटिल शल्यक्रिया सफल भएपछि विरामी र विरामीका आफन्त हर्षित छन् । विरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुशी व्यक्त गरे । ‘जटिल समस्या भएकाले अप्रेशन कस्तो होला भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘राम्रो उपचार हुन्छ भन्ने सुनेर नोबेल आएका थियौ । जस्तो सुनेको, त्यस्तै उपचार पायौं, धेरै खुशी लाग्यो ।’

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको तालमेल रहेको नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

सम्बन्धित खवर