साइनो समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरेमा हाड्रोलीक प्रविधीको सुबिधा सम्पन्न कार वास एण्ड रिपेरिङ सेन्टर खुलेको छ । पथरीशनिश्चरेका २ युवा सन्जोग राई र धनकुमार राईले ३० लाखको लगानिमा संचालनमा आएको कार वास एण्ड रिपेरिङ सेन्टरको पथरीशनिश्चरे वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले उद्घाटन गरेका छन ।
आधुनिक प्रविधीको हाड्रोलीक सहतिको कार वास एण्ड रिपेरिङ सेन्टर खुलेपछी कार चम्काउन, सर्भिस गर्न र कार भित्रका दाग र फोहोर हटाउन ५० किलोमिटर धाउनु पर्ने समस्या हट्ने भएको छ ।
दक्ष तथा अनुभवी ४ जना कर्मचारी द्धारा आधुनिक प्रबिधीबाट छिटो र छरितो तरिकाले कार सफा गर्ने र कार भित्रका फोहोर र दागहरु हटाउने कार वास एण्ड रिपेरिङ सेन्टरको प्रमुख सेवा रहेको छ ।
प्रदेशमै आधुनिक र नौलो प्रबिधीद्धारा संचालनमा आएको वास सेन्टरले चाँडै कार सर्भिसिङ र पाटपुर्जा सहितको सेवा सुबिधा चालु गर्ने संचालक धनकुमार राईले बताए ।