सरोज निरौला पथरी/ मोरङको सुनबर्षि नगरपालिका वडा नम्बर २ सुगा टोलका बिपन्न परीवारलाई राहत वितरण गरिएको छ । बिराटनगरको सहयोगी संस्था स्लामिक संघ नेपालले १५० घर परीवारलाई राहत बितरण गरेको हो ।
लकडाउन साथै लगातारको बर्षाले जनजिवन कष्टकर बनिरहेको बेला राहत पाएपछि पडित परीवारले खुसि व्यक्त गरेका छन् । संघले एक परीवार बराबर २५ चामल, भुजा १ केजि नुन १ केजि दाल साथै त्रिपाल बितरण गरेको हाे । स्लामिक संघ नेपालले दैविक प्रकोपमा परेका परीवार, सुकुम्बासी, तथा असाहायका क्षेत्रमा सेवामुलक कार्य गर्दै आइरहेको र यस्ता कार्य अगामि दिनमा पनि गर्दै जाने संघले जनाएको छ ।
स्थानिय सामाजिक अभियन्ता तथा सञ्चाकर्मि सरस्वती खड्काको पहलमा उक्त राहत सामाग्री बितरण गरीएको हो । विपन्न सुकुम्बासी साथै दैनीक ज्याला मजदुरी गर्दै आएका परीवारलाई राहत बितरण गर्न पाँउदा आफुलाई खुसि लागेको पहल कर्ता खड्काले बताईन ।