मोरङ काङग्रेसको नेत्रित्वमा गुट गुटको उमेदवार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोरङ काङग्रेसको नेत्रित्वमा गुट गुटको उमेदवार

साइनो समाचारदाता मोरङ/

नेपाली कांग्रेसको १४ औँ महाधिबेसन नजीकिदै गर्दा नेपाली कांग्रेसको घर मानिएको मोरङमा उमेदवारका आकांक्षीहरु धेरै देखिन थालेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्व आ–आफ्ना हातमा पार्नका लागि कसरत शुरु भई सकेकोको छ ।

३/३ जना प्रधान मन्त्रि पाएको मोरङ र काङग्रेसको घर मानिएको मोरङमा नेत्रित्व हत्याउने दाउमा गुट त्याग्दै अर्को गुटमा जाने देखिन थालेको छ । कोइराला पक्षलाई आफ्नो विरासत जोगाउन पनि गह्रो छ भने देउबा मोरङमा आफ्नो समुह दह्रो बनाउन लागि परेका छन । काङग्रेस भित्रको गुटको खेलले गएको निर्वाचनमा काङग्रेस मोरङले नराम्रो संग हार बेहोर्नु पर्यो । काङग्रेसले मोरङको एक स्थानमा मात्रै जित निकाल्न सफल रह्यो । मोरङ क्षेत्र नं. २ मा मीनेन्द्र रिजालले मात्रै काङग्रेसको विरासत जोगाए ।

 

मोरङमा सभापतिमा आधादर्जन भन्दा उमेदवारका आकांक्षीहरु देखीएका छन् । जसमा हालका सभापति डिक बहादुर लिम्बु, दिलिप गच्छदार, रमेशजंग रायमाझी, मानबहादुर लिम्बु, नागेश कोईराला, यदु बिष्ट, मदन संग्रौला, मोदराज घिमिरे, निरन्जन रिजाल लगायतरहेका छन् । हाल जिल्ला सचिव रहेका नागेश कोईराला, संगठन विभाग प्रमुख मानबहादुर लिम्बु र ६ नम्बर क्षेत्रीय सभापति निरन्जन रिजाल डा.शेखर कोईराला निकट मानिएका छन् भने दिलिप गच्छदार र रमेशजंग रायमाझी सभापति शेरबहादुर देउवा निकट मानिएका अमृत अर्याल संग नजीक रहेका छन् । त्यसैगरी यदु बिष्ट गुरुराज घिमिरे निकट मानिने गरेका छन् भने मोदराज घिमिरे मिनेन्द्र रिजाल निकट मानिन्छन् र मदन संग्रौला कृष्ण प्रसाद सिटौला संग नजिक रहेका छन् ।

क्रियाशील सदस्यताको विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । १/२ दिन लाग्ने सक्ने र त्यसपछि छानविन समितिलाई जिम्मा दिने र छानविन समितिले क्रियाशील सदस्यताको विषयलाई टुङ्ग्याए पछि मात्र क्रियाशीलको विषय टुंगो लाग्ने नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए । अहिले उमेदवारको विषयमा खासै फाईनल नभएको र क्रियाशील सदस्यताको विषय टुंगोमा पु¥याएर मात्र उमेदवारको विषयतिर लाग्ने सभापति लिम्बुले बताए ।

कोइराला लाईनबाट सभापति

उन एक वर्षअघि देखी कोइराला परिवार संग नजिक भएकाले उनि कोइराला लाईनका उमेद्धारमा देखिएका छन । उनिले भने आफु केन्द्र तथा जिल्लाका नेताहरु संग सामुहिक छलफलमा रहेको र सबैको सामुहिक सहमतिबाट आफु केमा उठ्ने भन्ने कुराको टुङ्गोमा पुग्ने बताए । वाहलबाला जिल्ला सभापति भएको नाताले सभापतिमा मेरो दावी स्वभाविक नै हो । त्यसैगरी उनले भने प्रदेसको राजधानीको भएको नाताले प्रदेश सभापतिमा उमेदवारी स्वभाविकै हो र आदिबासी जनजाती कोटाबाट केन्द्रीय सदस्य अनी समावेसी हिसावले सहमहामन्त्री लड्ने कोटा पनि छदैछ भन्दै उनले भने यि चार पदमध्ये एकमा आफ्नो सामुहिक उमेदवारी हुने उनले बताए । सभापति लिम्बु प्रजातान्त्रीक कांग्रेस रहँदा पनि जिल्ला सभापति थिए र १३औँ महाधिबेसनमा देउवा लाईनबाट सभापति जितेका हुन् ।

देउवा लाईनबाट सभापति

देउवा लाईनबाट चर्चामा रहेका उमेदवारहरु मध्ये दिलिप गच्छदार र रमेशजंग रायमाझी मध्ये दिलिप र रमेशजंग बिच सहमती हुने र आफु नै देउवा लाईनको उमेदवार पक्का रहेको दिलिपले दावी गरे । दिलिप यस अघि पार्टीको जिल्ला उपसभापति साथै श्रम राज्य मन्त्री समेत भईसकेका व्यक्ति हुन् । कोईराला लाईन साथै सभापति डिकबहादुर लिम्बुले समेत च्यापेका नागेश कोईराला यस अघिनै जिल्ला कोषाध्यक्ष हुन् भने हालका सचिव हुन् । उमेदवारका आकांक्षी धेरै भएतापनि दिलिप गच्छेदार र नागेश कोईराला बिच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

१३ औँ महाधिबेसनमा जिल्ला सभापति उमेदवार रहेका हाल प्रदेस एकका प्रमुख सचेतक समेत रहेका केदार कार्की भने केन्द्रीय सभापतिमा शेखर कोइराला उठ्ने भएपछि आफु जिल्ला सभापतिमा उठ्ने भन्दा शेखरलाई समर्थन गरेर जिल्ला सभापतिमा उमेदवारी दिनेलाई नै जिताउन लाग्ने सम्भावना छ ।

कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

सम्बन्धित खवर