कांग्रेसका सभापतिमा देउवा संगै निधिकाे दावी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

कांग्रेसका सभापतिमा देउवा संगै निधिकाे दावी

भदौमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन गराएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको भोलिपल्ट बुढानिलण्ठस्थित निवासमा आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर देउवाले आफू फेरि सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरेका छन्।

देउवाले आज बिहान र दिउँसो प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का आफूनिकट केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाएर आफू सभापति उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न भनेका थिए। शनिबार बिहान प्रदेश नम्बर १ र दिउँसो प्रदेश नम्बर २ का केन्द्रीय सदस्यसँग देउवाले कुराकानी गरेका हुन्। प्रदेश नम्बर १ को छलफलमा सहमहामन्त्री सुनिल थापालाई देउवाले साथै राखेका थिए।

उक्त छलफलमा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, डिला संग्रौलालगायत पनि थिए। देउवाले आफू फेरि सभापति उठ्ने र आफ्नै कार्यकालमा कांग्रेसलाई देशको एक नम्बर पार्टी बनाइछाड्ने दोहोर्‍याएका थिए।

आजै अपरान्ह प्रदेश नम्बर २ का केन्द्रीय सदस्यसँग हुने छलफलका लागि देउवाले उपसभापति निधिलाई पनि बुढानिलकण्ठ बोलाएका थिए। अपरान्ह ३ बजे निधि देउवा निवास पुग्दा त्यहाँ आनन्द ढुंगाना, जंगीलाल यादव र शम्भुलाल श्रेष्ठलगायत कुराकानी गर्दै थिए।

सभापति देउवाले एक कार्यकाल फेरि आफूले कांग्रेसको नेतृत्व लिनुपर्ने अवस्था रहेको सुनाए। गत चुनावमा नेकपा एमाले र माओवादी मिलेकोले पार्टीले प्राविधिक रूपमा कम सिट ल्याएको तर समानुपातिक भोट भने लोकप्रिय नै आएको देउवाको दाबी थियो।

देउवाले अब महाधिवेशनमा आफू नै सभापति उठ्ने कुरा राखेपछि उपसभापति निधि बोलेका थिए।

‘मैले पहिले पनि तपाईंलाई भेटेर भनेको हुँ- म सभापति उठ्ने हो, सहयोग गर्नुस् भनेर,’ निधिले देउवालाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘यतिन्जेल मैले तपाईंलाई सहयोग गरेँ। अब तपाईंकै सहयोगमा म सभापति उठ्ने हो।’

निधिले बरू देउवालाई प्रधानमन्त्रीका लागि तयारी रहन आग्रह गरेका थिए। ‘तपाईं प्रधानमन्त्री हुने हो, तयारी गर्नुहोस्,’ निधिको भनाइ थियो।

निधिका कुरा सुनेपछि देउवाले सभापति उठ्न जो पनि पाउने बताएका थिए। ‘सभापति उठ्ने हो भने उठ्नुस्। जो पनि उठ्न पाउँछ नि,’ देउवाले जवाफ दिए, ‘मैले पनि अब एक कार्यकालका लागि तयारी गरिसकेँ। म उठ्ने हो।’

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा देउवालाई निधिले सभापति जिताउन सहयोग गरेका थिए। त्यसबेला अर्को महाधिवेशनमा सभापति जिताउने बचन देउवाले दिएको निधिले यदाकता चर्चा गर्छन्।

सभापतिमा निधिले पनि दाबी गरेपछि अब देउवा गुटभित्र पहिलेजस्तो एकमत नदेखिने संकेत देखा परेको एक केन्द्रीय सदस्य बताउँछन्। ‘यो महाधिवेशनमा पुराना गुट भत्कने र नयाँ गुट बन्न सक्छ भन्ने संकेत सभापतिकै गुटभित्रबाट प्रष्ट देखा परेको छ,’ उनको भनाइ छ।

देउवानिकट नेताहरू ज्ञानेन्द्र कार्की र मीन विश्वकर्माले भने सभापति को उठ्ने भन्ने टिमभित्र सल्लाह गर्नुपर्ने धारणा देउवासँग राखेको स्रोतको भनाइ छ।

देउवा र निधि नै सभापति उठेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालाहरूलाई फाइदा पुग्ने भएकोले टिमभित्र सल्लाह गरेपछि मात्रै सभापतिको उम्मेदवार बाहिर ल्याउनुपर्नेमा देउवानिकट केन्द्रीय सदस्यहरू छन्।

सभापति देउवाले भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि भेटेर आफू सभापति उठ्ने भएकोले त्यसैअनुसार अहिलेदेखि नै महाधिवेशन प्रतिनिधि छनौटमा भूमिका खेलिदिन आग्रह गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ।

सम्बन्धित खवर