मनाङ्गे ४८ घण्टा नबित्दै फेरि मन्त्री - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

मनाङ्गे ४८ घण्टा नबित्दै फेरि मन्त्री

गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन्।

मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङ्गेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिने पक्का भएको जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।

यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङ्गे खेलकुद मन्त्री थिए। तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङ्गेले बिहीबार विश्वासको मत दिएनन्।प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भएको केही घण्टाभित्रै मनाङ्गेले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसअघि एमालेलाई समर्थन गरिरहेका उनले मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत पुर्‍याउन सहयोग गरे।उनले विपक्षी गठबन्धनलाई समर्थन गरेसँगै आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिन्।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि उनी निर्णायक थिए। बिहीबार अघिसम्म विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका दुई सांसद मात्रै साथमा थिए।६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक थियो। मनाङ्गेले विपक्षी गठबन्धनलाई साथ नदिएको भए कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्न असम्भव देखिन्थ्यो।

सम्बन्धित खवर