सराेज निराैला पाँचथर/
पाँचथरको फिदिम ४ मा श्रीमानको काजकृया गर्न बसेकी श्रीमतीको आगोले डडेर मृत्यू भएको छ भने २ छोराहरु सक्त घाइते भएका छन । २४ गते साँझ पानी तताएर खाने क्रममा ग्यास लिग भई आग्लागी भएको थियो ।
आग्लागीबाट छोराहरु दिनानाथ र मदन साप्कोटा सक्त घाईते भएका छन । ७३ बर्षीय आमा चनमाया साप्कोटाको भने २६ गते मेचि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको छ । काजकृया गर्ने परिवारका सदस्यको मृत्यू र अस्पतालमा उपचार भै रहेका कारण मृतकका भाई पथरीशनिश्चरे ३ का अविकेश साप्कोटाले दाई र भाउजुको काजकृया गर्दै आएका छन ।
२४ गते सोमबार ७४ बर्षीय श्रीमान भगिरथ साप्कोटाको मृत्यू भए पछि २ छोरा सहित श्रीमति कृया बसेकी थिन । आमाको मेचि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको छ भने २ छोराहरु दिनानाथ र मदन साप्कोटा उपाचार भै रहेको छ । छोराहरुको अवस्था चिन्ताजनक रहेको भाई इश्वरी साप्कोटाले बताए ।