नोबेल अस्पताल सञ्चालक डा.शर्माले कोरोना संक्रमितलाई निःशुल्क खुवाउँन थाले खाना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नोबेल अस्पताल सञ्चालक डा.शर्माले कोरोना संक्रमितलाई निःशुल्क खुवाउँन थाले खाना

साइनाे समाचारदाता विराटनगर/  नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउँन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा.शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउँन थालेका हुन् ।

नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउँने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही सहयोग पुर्याउँ भनेर हामीले आजबाट निःशुल्क खाना खुवाउँन थालेका छौं,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउँने सोचमा छु ।’

नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मंगलबार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारीसहितको खानाको प्याकेट र एक÷एक वोतल मिनिरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.बन्दना घिमिरेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्माले आफ्नैतर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि विरामीहरुलाई थप राहत मिलेको छ । डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गतबर्ष उनले मोरङको क्षेत्र नं.३ का बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए ।

उनले हजारौं विपन्न विरामीलाई निःशुल्क उपचार गराएर ज्यान बचाएका छन् । समस्यामा परेकाहरुलाई डा.शर्माले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

सम्बन्धित खवर