नोबेलमा कुमारी बैंकको एक्सटेन्सन काउन्टर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नोबेलमा कुमारी बैंकको एक्सटेन्सन काउन्टर

विराटनगर/ कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिषरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो ।

अस्पतालका कर्मचारी, विद्यार्थी र विरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुख अंकित पाण्डेले बताए । सो काउन्टरबाट बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने सहितका सेवा प्रदान गरिदै आएको छ । नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै ठूलो अस्पताल हो । नोबेलले तलब खाता कुमारी बैंकमा सञ्चालन गरेकाले नोबेलमा कार्यरत करिब १ हजार ७ सय कर्मचारीले पनि कुमारी बैंकमै खाता खोलेका छन् । कारोवार गरिरहनुपर्ने बैंकको एक्टेक्सन काउन्टर अस्पताल परिषरभित्रै सञ्चालन हुँदा सहज भएको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र अस्पतालमा आउँने विरामीहरुलाई पनि बैंकिङ्ग कारोवारमा सहजता मिलेको छ । कुमारी बैंकले एक्सटेन्सन काउन्टरसहित एटीएम पनि अस्पताल परिषरभित्रै राखेको छ । कर्मचारी, विद्यार्थी र विरामीलाई बैंकिङ्ग कारोवारमा सहज बनाउँन बैंकसँग समन्वय गरी अस्पताल परिषरभित्रै एक्सटेन्सन काउन्टर र एटीएम सञ्चालन गर्ने व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

प्रदेश १ को मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र इलाममा कुमारी बैंकले १६ वटा शाखा विस्तार गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले मोरङमा दुई र सुनसरीमा एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । देशभर १९५ शाखा, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गरिदै आएको कुमारी बैंकले जनाएको छ ।

सम्बन्धित खवर