साइनाे समचारदाता उर्लाबारी/ प्रधान मन्त्रि के पि शर्मा ओलीको विरोधमा उर्लाबारीमा मसाल जुलुस निस्कीएको छ । ओलीले नेपालको संविधान २०७२ मिचेर प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाल विधार्थी संघ उर्लाबारी नगरले मसाल जुलुस निकालेको हो ।
“कलम बोल्छ विवेकमा मशाल बल्छ बिद्रोहमा” भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ उर्लाबारीका विद्यार्थी नेता साजन कुँवरको नेतृत्तोमा जुलूस निकालीएको थियो भने नेवी संघ पुर्व मोरङ जिल्ला सभापति मुक्ति प्रकाश न्यौपानेको प्रमुख अतिथीमा मसाल जुलुसले उर्लाबारी चौक परीक्रमा गरेको थियो ।
कोरोना संक्रमणको जोखिममा उर्लाबारी चौकबाट निश्कीएको मसाल जुलुसले इलाका प्रहरी कार्यलय पुगी चौकमै आएर कोण सभामा परिणत गरेको थियो । जुलुसमा सहभागीले नेपाल विद्यार्थी सघका युवाहरुले असंबैधानिक कदम खारेज गर, के पी ओली मुर्दाबाद, संविधान मिच्न पाईदैन, संविधान रक्षाका लागि जस्तो सुकै कदम चाल्ला तयार छौं जस्ता नारा लगाउदै सरकारको विरोध गरेका थिए ।
कोरोना माहामारीको विषम परिस्थितीमा कुर्सी र स्वार्थका लागि ओलीले विभिन्न असंबैधानीक गतिविधि तथा तानाशाही प्रवृत्ति देखाएको भन्दै नेपालको संविधान रक्षाका लागि नेपाल विधार्थी संघ जुन सुकै कदम चाल्न तयार रहेको नेपाल विद्यार्थी संघ उर्लाबारीका बिध्यार्थी नेता साजन कुवरले बताए ।