मोरङको रतुवामाईमा १२ करोडको लगानिमा कृषी फर्म - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मोरङको रतुवामाईमा १२ करोडको लगानिमा कृषी फर्म

साइनो समाचारदाता
पथरी/ लमो समय बैदेशीक रोजगारमा रहेका ४ युवाको सकृयतामा कृषी र्फम संचालनमा आएको छ । मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ झुनाबारीमा संचालनमा आएको दुर्गादेवि मल्टि प्रपोज एग्रो फर्म प्रा. लि.ले ७ करोड २५ लाख लगानिमा र्फम निमार्ण गरि रहेको छ ।

सैलेन्द्र कार्की, सुमन कार्की, टेक बाहादुर कार्की र राजेन्द्र बुढाथोकीको कुल १२ करोडको लगानिमा बोयर जातका खसी बाख्रा, बंगुर, सुँगुर बँदेल, कालिज, पाडापाडि, माछा फर्म संगै उन्नत जातको घास उत्पादन गर्ने भएको छ । साढे ९ बिघा क्षेत्र फलमा संचालनमा आएको दुर्गादेवि मल्टि प्रपोज एग्रो फर्म प्रा. लि.ले ह्याचरी सहितको बच्चा उत्पादन गर्ने संचालक सैलेन्द्र कार्कीले बताए ।

मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ झुनाबारीमा ७ करोड २५ लाख लगानिमा निमर्ण भएको दुर्गादेवि फर्ममा ३ ओटा सुँगुर, बंगुर र बदेलका खोर, २ वटा माछा पोखरी र ३ ओटा सामान स्टोरका लागि गोदाम निमार्ण गरि सकेको संचालक टेक बहादुर कार्की बताउछन ।

फर्ममा लगानि कर्ताबाहेक ३० जनाले रोजगार पाउने छन भने आन्तरी पर्यटक र ब्यापारीलाई सुविधाका लागि फर्म संगै रिसोट पनि संचालनमा आउने छ । बार्षीक १ करोड ५० लाख आम्दानी हुने लक्ष रहेको संचालकले बताए ।

 

सम्बन्धित खवर