पत्रकार महासङ्घ चुनाव अपडेट - देशैभर प्रेस युनयिन, प्रेस सेन्टर र प्रेस चौतारी (नेपाल समूह) प्यानलको अग्रता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पत्रकार महासङ्घ चुनाव अपडेट – देशैभर प्रेस युनयिन, प्रेस सेन्टर र प्रेस चौतारी (नेपाल समूह) प्यानलको अग्रता

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनको मतगणना अहिले देशैभर जारी छ ।

केही जिल्लाहरूमा मतगणना सकिएको छ भने धेरै मतदाता भएका जिल्लाहरूमा मतगणना जारी रहेको छ । अहिले सम्मको परिणाम अनुसार प्रेस युनियन नेतृत्वको प्यानलले अग्रता लिएको छ । केही जिल्लाको गणना सकिँदा काँग्रेस-माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको छ ।

एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । अध्यक्षका अर्का प्रत्याशी गजेन्द्र बुढाथोकीले न्यून मत प्राप्त गरेका छन् । दलीय गठबन्धनको प्रभाव हरेक जिल्लामा देखिएको छ । प्यानलभन्दा बाहिर कमै मात्र मत खसेको पाईएको छ ।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा पोखरेल नेतृत्वको प्यानलले विजय हासिल गरेको छ । लुम्बिनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरूमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरूमा प्रतिस्पर्धा छ ।

प्रदेश १ मा काँग्रेस-माओवादी-माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता कायम गरेको छ ।

अहिले सम्म प्रदेश १ मा काँग्रेस–माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलका अध्यक्षका उम्मेदवार लिलाबल्लभ घिमिरेले विजयी हासिल गरेका छन् ।

यसै गरी सोही प्यानलबाट लवदेव ढुङ्गाना, उपाध्यक्ष महिलामा हिमाकुमारी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिव खुल्लामा देवेन्द्र कार्की, सचिव समावेशीमा सन्तोष यादवले विजयी हासिल गरेका छन् ।

प्रदेश १ मा काँग्रेस-माओवादी-माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता कायम गरेको छ । निर्वाचितहरुको मत सङ्ख्या भने सार्वजानिकरुपमा अहिले सम्म घोषणा गरिएको छैन । पूर्ण विवरण साँझ सम्ममा आउन सक्ने बताइएको छ ।

यसैगरी सुनसरीमा अहिले केन्द्रिय परिषद सदस्य र जिल्ला कार्य समितिको मत गणना सुरु भएको छ ।

 

सम्बन्धित खवर