बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

 बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको तीन दिनपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

अनुसन्धानमा प्रभाव पर्ने भएकाले नाम सार्वजनिक नगरिएको, थप तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । आफूहरूले अनुसन्धानलाई तीव्र पारेको उहाँको दावी छ ।

होली खेल्ने क्रममा झडप हुँदा भीरबाट खसेर निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । उनीहरूको शव घटनास्थलभन्दा करिब ५ सय मिटर तल जङ्गलमा फेला परेको थियो ।घटनामा ज्यान गुमाएका दुई जनाको परिवारको सहमतिपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको हवारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर