मोरङको पथरीशनिश्चरेमा १२ जनाको आक्रमणबाट एक जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोरङको पथरीशनिश्चरेमा १२ जनाको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर / एक दर्जन व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–८ गुराँस चोकमा एक पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवाहरुको समूहको सामूहिक आक्रमणबाट स्थानीय ४९ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तामाङमाथि चैत ८ गते बिहानका राति १ बजेतिर बाँसको भाटा लगायतले आक्रमण गरिएको थियो ।

सामूहिक आक्रमणको घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरियो । उपचार ठीक भएको भन्दै अस्पतालले दुई दिन अघि अर्थात आइतबार उनलाई डिस्चार्ज दिएर घर पठाएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिएर गए पनि थप उपचारका लागि लैजान नपाउँदै तामाङको आफ्नै घरमा मंगलबार दिउँसो ज्यान गएको डीएसपी राईले बताए ।

घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार रहेका छ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती रहेका छन् । फरार हुनेमा सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू रहेको डीएसपी राईले बताए ।

तामाङमाथि कस्तो खालको विवादका कारण आक्रमण भएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ । आक्रमणमा संलग्नविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो । तर अहिले कुटपिट गरिएका व्यक्तिको मृत्यु नै भइसकेका कारण घटनामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन आवश्यक प्रक्रिया थालिसकेको जानकारी डीएसपी राईले दिए ।

सम्बन्धित खवर