मन्दिपको निर्णायक गोलमा पथरीले उपाधी चुम्यो (फाेटाे फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मन्दिपको निर्णायक गोलमा पथरीले उपाधी चुम्यो (फाेटाे फिचर)

साइनो समाचारदाता
पथरी/ मोरङको डाँगिहाटमा सम्पन्न प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी पथरी स्पोटिङ क्लवले चुमेकाे छ । खेलको अन्तिम १ मिनेट थप गरेकाे अतिरिक्त समयमा मन्दिपले गोल गर्दै पथरीलाई विजयी बनाएका थिए ।

१४ गते शनिवार भएको फाईनल खेलमा डाँडाबजार फुटवल क्लव धनकुटालाई २–१ गोल अन्तरले हराउदै मोरङको पथरी स्पोटिङ क्लव विजयी भएको हो । पहिलो हाफको ८ औँ मिनेटमा पथरीका विसाल पाण्डेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएला । पथरीको अग्रता धेरै बेर टिक्न सकेन । खेलको २४ औ. मिनेटमा धनकुटाका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । पहिलो हाफ एक एकको बरावरीमा सकिएको खेलको दोस्रो हाफको थप १ मिनेट अतिरिक्त समयमा पथरीका मन्दिप धिमालले निर्णयक गोल गरेका थिए ।

निकै रोमान्चक फाईनल खेलमा १५ मिनेट अगाडी मैदान प्रबेस गरेका पथरीका मन्दिप धिमालले गरेको गोल नै आफ्नो टिमलाई विजयी बनाउन सफल भए । जित संगै पथरी स्पोटिङ क्लवले नगद १ लाख १ हजार सहित मेडल र प्रमाणपत्र पाए र उपविजेता धनकुटाले नगद ५१ हजार सहित मेडल र प्रमाणपत्र प्रप्त गरे ।
प्रतियोगिता अन्तर्गत विधागत पुरस्कारहरुमा पथरीका मन्दिप धिमालले खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद २ हजार पाँच सय प्राप्त गरे भने पथरीका मनोज गुरुङ वेष्ट गोल किप्पर, पथरीका निमोन लिम्बु वेष्ट डिफेन्समा, पथरीका संजय लिम्बु वेष्ट मिड फिल्डर, र वेष्ट कोच पथरीका सुमन विक घोष्ति भए । धनकुटाका तर्फबाट विवेस गुरुङ वेष्ट फरवार्ड धनकुटाका संजय रम्तेल हाई स्कोर घोषित हुदै नगद ५/५ हजार प्राप्त गरे भने धनकुटाका एलोन राई म्यान अफ द सिरिज घोषित हुदै नगद १० हजार आयोजकका सुरेन्द्र खवास उदयमा खेलाडि घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी वद्ध एयरका प्रतिनीधी शालिग्राम बस्नेत र विशिस्ट अतिथी मोरङ एन्फाका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार वितरण गरे । वुद्ध एयरको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगितामा प्रदेश भरीका आठ टिम सहभागी थिए । मोरङको बेलबारी ९ डाँगिहाट स्थीत डाँगिहाट जागृती युवा क्लवको आयोजनामा कालीमाविमा खेल सम्पन्न भएको थियो ।

सम्बन्धित खवर