लमहीमा आगलागी छ वटा घर जलेर नष्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

लमहीमा आगलागी छ वटा घर जलेर नष्ट

दाङ – देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतकाे तार सर्ट भएर सुरु भएकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे जानकारी दिनुभयाे ।

आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको बुढाले जानकारी दिनुभयो ।आगलागीबाट कति क्षति भयाे भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीका घटना हुने गरेका छन् ।

सम्बन्धित खवर