काभ्रेबाट चन्दका केन्द्रीय नेता बाँस्तोला रिहाइ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

काभ्रेबाट चन्दका केन्द्रीय नेता बाँस्तोला रिहाइ

रासस / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहनुभएका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गर्नुभएको थियो । पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ पर्नुभएको थियो । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।

रिहाइ गरेपछि बाँस्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए । बाँस्तोलाले सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले राजनीतिक तवरले देशका समस्या समाधान गरौँ भन्ने विषय न्यायको सम्मान भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जनाउनुभयो । “देशको समस्या समाधान गर्न हामी अगाडि बढ्छौँ र सफल पनि हुनेछौँ”, उहाँले भन्नुभयो ।

बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौँ लगिएको हो । सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ । यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित खवर