दुर्घटनामा दुईको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

दुर्घटनामा दुईको मृत्यु

रासस / मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एकको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो । वाइवा छारेरोगका बिरामी रहेको बताइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो ।

बकैयामा आजै ट्र्याक्टर दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका–१७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताउनुभयो ।

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना६त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर