रासस / यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रु ५० हजार राशि नगदसहित प्रदान गरिएको छ । एकीकृत नमूना कृषि फार्म तथा अन्य सेवाका माध्यमबाट किसानसम्म पुगेर उनीहरुको क्षमता विकास र आयस्रोत वृद्धिका लागि निरन्तररुपमा कटिबद्ध रही कृषि क्षेत्रको उत्थानमा पु¥याएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।

रजिष्ट्रार पाण्डेले समाजमा छरिएका स–साना पूँजी सञ्चय गरी सहकारीले सामुदायिक विकासमा सहयोग गर्नसक्ने बताउँदै यस्ता पुरस्कारले सहकारीको उत्थान र विकासमा थप सहयोग र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष नेत्रबहादुर भण्डारीबाट साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै सहकारीका माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेललगायतले बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित स्व दीक्षितले साझा सेवा तथा सहकारीका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सहकारीका माध्यमबाट आम नागरिकलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने बताउनुभयो । विसं २०२६ देखि निरन्तररुपमा सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको उक्त सांस्थाले अनुदानित मल, ग्यास, सिमेन्ट तथा इन्धनको बिक्री वितरण तथा ढुवानीमा समेत सेवा केन्द्रित गरेको छ ।
















