म्यान्माको सैनिक कूको निन्दाः बन्दी रिहाइ माग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

म्यान्माको सैनिक कूको निन्दाः बन्दी रिहाइ माग

रासस / मानवअधिकार तथा शान्ति समाजले माघ १९ गते म्यान्मामा भएको सैनिक ‘कू’ र राजनीतिकर्मीको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै आस्थाका बन्दीको विनाशर्त रिहाइको माग गरेको छ । विसं २०७७ माघ २१ गते पोखरामा सम्पन्न समाजको केन्द्रीय कार्यसमिति बैठकले ‘बर्मा’मा सैनिक शासनको शीघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ ।

बैठकले कोभिड–१९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । नेपालमा भएको प्रतिनिधिसभा विघटनलाई समाजले अलोकतान्त्रिक ठहर गरेको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । विघटनको विरोधमा समाज जिल्ला शाखाको आयोजनामा २० स्थानमा गोष्ठी सम्पन्न भएका छन् । समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक आगामी फागुन २१ र २२ गते कास्की शाखाको आतिथ्यमा पोखरामा आयोजना हुँदैछ । यसका लागि कास्की शाखा सभापति अमृत सुवर्णकारका संयोजकत्वमा मूल तयारी समिति र १३ उपसमिति गठन भएको छ ।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीका सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्य र कास्की शाखाका पदाधिकारीसहितको सहभागिता रहेको समाजले जनाएको छ ।

सम्बन्धित खवर