निर्वाचनको तयारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

निर्वाचनको तयारी

रासस
मोरङ । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताउनुभयो । उहाँले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसार काम गर्दा निर्वाचन सहज हुने धारणा राख्नुभयो ।

राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररूपमा सम्पन्न हुने निर्वाचन कार्यालयको ठहर छ । विसं २०७४ को संसदीय निर्वाचनमा मोरङमा छ लाख ४४ हजार ७८३ मतदाता थिए भने अहिले छ लाख ७२ हजार ४०० मतदाता रहेको प्रमुख ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो । तथापि राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै रहेकोले यसमा परिवर्तन हुन सक्ने प्रमुख ठाकुरको भनाइ छ । विस २०७७ पुस ५ गतेभित्र १८ वर्ष उमेर पुगेका फोटोसहित मतदाता नामावलीमा नाम समावेश भइसकेका मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको बताइएको छ ।

सम्बन्धित खवर