दुर्घटनामा एकको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

दुर्घटनामा एकको मृत्यु

रासस / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।

सो दुर्घटनामा परी सुमोको पछाडि सवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ डुरामणि बस्ने २५ वर्षीय रुपेश लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरी पठाइएको छ । सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर