मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा फेयर फुटबल क्लब धरान बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा फेयर फुटबल क्लब धरान बिजयी

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा फेयर फुटबल क्लब धरान विजयी भएको छ । इष्ट स्टार मधुमल्ला क्लवलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै धरान फुटवल क्लव विजयी भएको हो ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । फेयर फुटबल क्लब धरानको जितका लागि मध्यान्तरको १४ औँ मिनेटमा वर्तमान राईले पहिलो गोल गरेका थिए । मध्यान्तरको २४ औँ मिनेटमा जर्सि नं ९ का खेलाडी साजन राईले गोल थप २–० को गोलान्तरमा टिमलाई विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच फेयर फुटबल क्लब धरानका बर्तमान राई घोषीत हुँदै नगद १ हजार प्राप्त गरे । राईलाई उद्घाटन खेलका विशिष्ट अतिथि वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहालले पुरस्कृत गरेका थिए ।

भोलीको खेल तालतलैया फुटबल एकेडेमि इटहरी र थापाचौक मंगलबारे क्लवबिच हुनेछ । प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछन भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछन् । पथरीशनिश्चरे नगरपालीकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरीएको थियो । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर