अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

रासस / जिल्ला प्रशासन कार्यालय (रुकुम–पूर्व)ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।

गएको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । यस्तै ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ भने तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदन प्रजिअ राईले प्रस्तुत गर्नुभएको छ । यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् ।

अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव सङ्कलन पनि गरेको छ ।

प्रशासन कार्यालयले कार्यालयबाट हुने नियमित कामकाजका साथै अन्य नमूनायोग्य काम पनि गर्दै आएको छ । जिल्लाको शान्ति सुरक्षा, स्थानीय प्रशासन सञ्चालन, नागरिकता वितरण, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, उजुरी छानबिनदेखि लिएर भ्रष्टाचार नियन्त्रण, विकासे कार्यमा सहयोग गर्नुका साथै निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनसम्बन्धी काम गर्दै आएको छ ।

नियमित हुने यी कामकाजसँगै प्रशासन कार्यालयले ‘हरेक दिन नयाँ काम’ अभियान थालनी गरी प्रत्येक दिन एउटा नयाँ काम गर्दै आएको छ भने त्यसको जानकारी प्रत्येक महिनाको अन्त्यमा जानकारी गराइँदै आएको प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर