पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कोइराला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कोइराला

रासस / पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी हुनुभएको छ । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार एक हजार ३७५ मत प्राप्त गर्नुभएको छ भने सुवेदीले ९६५ मत प्राप्त गर्नुभएको थियो । कोइराला अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र सुवेदी उद्योगतर्फका उपाध्यक्ष हुनुहुन्थ्यो । तेत्तीसौँ अधिवेशनबाट सङ्घमा चार उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध हुनुभएको हो । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत् चयन हुनुभएको छ ।

शनिबार भएको मतदानमा कूल तीन हजार ५४ मतदातामध्ये दुई हजार ३६५ मत खसेका थिए । उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग)तर्फ गोकर्ण कार्की निर्वाचित हुनुभयो । यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित हुनुभयो । अधिवेशनमा १० सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकामा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बाँस्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ«ग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बाँस्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

चार जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष कोइरालाले व्यवसायीको साझा उम्मेदवार बनेर अग्रज अनुभव र मार्गनिर्देशनबाट दुई वर्षे कार्यकालमा व्यवसायीको हक हितमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्षलाई सङ्घका निवर्तमान अध्यक्ष दामु अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाए । निर्वाचित अध्यक्षले निर्वाचित अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गरााउनुभएको थियो ।

सम्बन्धित खवर