`जब जनताको अधीकार खोसिन्छ नेपाली कांग्रेसको नेतृत्व आवश्यक पर्छ' –सिता गुरुङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

`जब जनताको अधीकार खोसिन्छ नेपाली कांग्रेसको नेतृत्व आवश्यक पर्छ’ –सिता गुरुङ

साइनो समाचारदाता तेह्रथुम । जब जब नेपाली जनताको अधिकार खोसिन्छ तव नेपाली कांग्रेसको नेतृत्व आवश्यक पर्ने ईतिहास देखी नै रहँदै आएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिता गुरुङले बताउनुभएको छ।

तेह्रथुमको बसन्तपुरमा ओली सरकारद्धारा गरिएको संसद बिगठनको बिरोध जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनुभएको हो । सभाको प्रमुख अतिथीको रुपमा रहनुभएकी नेतृ गुरुङले संसद बिगठन गर्नु भनेको संबिधान कुल्चनु र संबिधानको मर्म माथी चोट पुर्याउनु भएको भन्दै ओली सरकारले यस्तो गरेको भताउनुभयो । जनताको अधिकार खोस्ने काम भएको र जनताको अधिकार लुट्ने सरकार बिरुद्ध नेपाली कांग्रेस सडकमा उत्रेको गुरुङले बताउनुभयो । नेपाली जनताले दिएको अभीमतलाई कुल्चदै संसद बिगठन गरी नेकपा सरकारले अधिनायकबाद लादेको सभाका बिशेष अतिथी तेह्रथुम जिल्ला सभापती गोबिन्द ढुङगानाले बताउनुभयो । नेकपा फुटुन कि जुटुन मतबल छैन नेपाली कांग्रेसको नेतृत्वमा निमार्ण भएको संबिधान जनताको पक्षमा रहेकोले संबिधान रक्षा गर्नु आबश्यक रहेको ढुङगानाले बताउनुभयो । सत्ताको चरण दुरुपयोग गरी देशका सम्पुर्ण शाक्तीलाई हातमा लिएर केपी ओलीमा अधिनायकबादी भुत सवार भएको ढुङगानाले बताउनुभयो । शनिवार ३ सय ३० वटा प्रदेश सभाको निर्वाचन क्षेत्रमा एकै साथ बिरोध सभा सम्पन्न भएको छ । सभामा नेपाल बिद्यार्थी संघ तेह्रथुमका अध्यक्ष रोमन गौमत, जिल्ला सदस्य लोकबहादुर खत्री,पुर्ब उपसभापती गुरु प्रसाद भट्टराई, पुर्ब सभापती रामनारायण ढुङगान, जिल्ला सचिव सन्तोष निङलेकु,महाअधिबेशन प्रतिनीधि टेकराज तिगेला लगातयतले मन्तब्य राख्नुभएको थियो । निवार्चन क्षेत्र क का सभापती बिपीन निङलेकुको अध्यक्षमा सभा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर