नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल

रासस / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता कार्यकर्तामा अपिल गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा आज अपिल जारी गर्दै उहाँले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गर्नुभएको हो ।

पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उहाँले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन र एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्न पनि आह्वान गर्नुभएको छ । “यसो गर्नुभयो भने पार्टी र पार्टीका सबै नेतालाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनःएकीकरण गर्न सकिनेछ”, उहाँले भन्नुभएको छ ।

एकअर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लङ्घन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउने कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दै उपाध्यक्ष गौतमले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरेर पुनर्मिलन गर्न आह्वान गर्नुभएको छ । “हजारौँ शहीदको बलिदानबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरौँ, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गरौँ र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढङ्गबाट हल गरौँ”, उहाँले अपिलमा भन्नुभएको छ ।

पार्टी एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर आफू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर सबैका सामु खडा भएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता पुनःएकीकरणको अवस्थामा सामेल नभए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताउनुभएको छ ।

सरकार सञ्चालनको एउटा कार्यकाल र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षत्विक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पीडादायी भएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो भन्नुभएको छ ।

सम्बन्धित खवर