विकट कैलाशमा १० श्ययाको अस्पताल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

विकट कैलाशमा १० श्ययाको अस्पताल

रासस / स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ ।

सङ्घीय, प्रान्तीय, स्थानीय सरकार र गैरसरकारी संस्थाको आर्थिक लगानीमा उक्त स्वास्थ्य भवन निर्माण भइरहेको कैलाश गाउँपालिकाले जनाएको छ । वर्तमान परिस्थितिमा आफ्नो भवन नहुँदा समस्या भौग्दै आएका बिरामी तथा स्वास्थ्य संस्थालाई भवन निर्माणपश्चात् स्वास्थ्य उपचार सेवामा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले विश्वास व्यक्त गर्नुभयो ।

विकट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माणले स्थानीयवासीमा उत्साह जागेको र अन्य क्षेत्रमा बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको बताइएको छ । उक्त गाउँपालिका–२, ४, ६, ८, ९ तथा १० मा रु ४२ लाखका दरले सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भइरहेका छन् ।

त्यसैगरी कैलाशमा नेपाल सैनिक श्रीमती सङ्घको रु ६८ लाखको लगानीमा बर्थिङ सेन्टर निर्माण हुँदैछ । रु ६० लाख सङ्घले र रु आठ लाखको सामग्री गाउँपालिकाले बेहोर्ने गरी उक्त बर्थिङ सेन्टर निर्माण हुने बताइएको छ । कैलाशको कालीटारमा बहुवर्षीय योजनाअनुसार १० श्ययाको अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको गोगने स्वास्थ्य चौकी र डाँडाखर्क स्वास्थ्य चौकीको भवन पनि निर्माण हँुदैछ । साथै कैलाशको छवटा वडामा सामुदायिक स्वास्थ्य इकाइका लागि बेग्लाबेग्लै स्थानमा छवटा भवन निर्माण भइरहेको मोक्तानको भनाइ छ ।

साङ्ग्रिला डेभलपमेन्ट संस्थाले रु ३५ लाखको लगानीमा आधुनिक बर्थिङ सेन्टर निर्माण गर्ने भएको छ । कैलाश–२ र ८ मा गाउँघर क्लिनिकका दुईवटा भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासी शृङ्खला खतिवडाले निर्माण गरेको निको स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको बताइएको छ । त्यहाँ कर्मचारीलाई आवाससहितको भवन निर्माण भएको हो । हाल गाउँपालिकामा अस्थायी परिवार नियोजनको शिविरसमेत सञ्चालन गरी महिलामा चेतना जागृत गराउनाका साथै स्वास्थ्य सेवासमेत दिइएको थियो । कैलाश गाउँपालिकाका स्थानीय भोला श्रेष्ठले वर्तमान अध्यक्ष जनताको सेवासुविधा दिनेतर्फ गम्भीर रहेको बताउनुभयो ।

सम्बन्धित खवर