चेपाङ गाउँमा सडक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

चेपाङ गाउँमा सडक

sadaरासस / चितवनको ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिनुहुन्थ्यो । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी हुनुभएको हो । खुशी हुदैँ उहाँले भन्नुभयो,“अब घन्टांैसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ ।”लामो समयको प्रयासपछि गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोर–फिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आइतबार उद्घाटन गर्नुभयो ।

अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ ।” उहाँले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । अधिकांश चेपाङ समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम प्रदान गरेको भन्दै थप सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उहाँले बताउनुभयो । वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताउनुभयो । वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उहाँको भनाइ थियो । सडक जोडिएसँगै माथिल्लो काउले, भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ ।

गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर–फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोर–फिस्लिङ सडकको कालोपत्रसहित स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, २, ३ का स्थानीय लाभान्वित हुनेछन् ।

सम्बन्धित खवर