आज प्रचण्ड–माधव पक्षले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आज प्रचण्ड–माधव पक्षले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने

साइनो समाचारदाता
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।

‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर टुुंगोमा पुग्छौ, त्यसपछि पत्रकार सम्मेलन गरेर घोषणा गरिनेछ’, शर्माले भने । प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको सो पार्टीले केही दिन अन्य दलको सहमति जुटाउन स्थगित गरेको थियो । यो बीचमा काँग्रेस र जसपाससँग संयुक्त आन्दोलनका लागि प्रयास भएपनि काँग्रेस र जसपाले तत्काल संयुक्त आन्दोलनमा जान अरुची देखाएपछि प्रचण्ड माधव पक्ष एक्लैले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

सम्बन्धित खवर