सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा दुई पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा दुई पक्राउ

साइनो समाचारदाता
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएप मार्फत साथी बनाएर १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका(४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।

उनीहरूले इन्स्टाग्राम र वाट्सएपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर हुँ भन्दै आईफोन ११ मोबाइल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामान उपहार पठाउने प्रलोभन देखाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उक्त उपहार पठाउनका लागि भन्सार बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक(पटक गरी उक्त रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरेको हो । उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर