पत्रकार कोइराला र राई सम्मानित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पत्रकार कोइराला र राई सम्मानित

साइनो समाचारदाता
पथरी । गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइराला र के्रजी डटकम साप्ताहिकका सम्पादक तथा प्रकाशक सन्तोष राई शनिबार सम्मानित हुनु भएको छ । कोइराला जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट र राई सूर्यबहादुर सोम्याङ राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो ।

पथरीशनिश्चरे नगरको विकास तथा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका मनिष सम्बाहाम्फे र अजय सेनले आफ्ना स्वर्गीय बुबाको स्मृति पुरस्कार कोष स्थापना गर्नु भएको छ । सोही कोषबाट हरेक वर्ष दुई जना पत्रकारलाई सम्मान प्रदान गरिदै आएको छ । सोहि कोसबाट पहिलोपटक नागरिक दैनिकका चुम्वन बस्नेत र उद्घोष दैनिकका लोकबहादुर चौहानले प्राप्त गर्नुभएको थियो भने दोश्रो पटक रातोकलम डट कमका तेजन खड्का र साइनो मिडियाका सम्पादक फिपराज बेघा पुरस्कृत हुनुभएको थियो । सम्बाहाम्फे हाल क्यानडा बस्दै आउनु भएको छ भने सेन अमेरिका बस्दै आउनु भएको छ । पुरस्कारको राशि १०/१० हजार नगद सहित प्रमाणपत्र रहेको छ ।

पुरस्कृत पत्रकारहरूलाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई र पथरी स्पोर्टिङ क्लबका अध्यक्ष धनकुमार तामाङ पुरस्कार प्रदान गर्नुभयो । पथरीमा हुने ठूला फुटबल प्रतियोगिताको समापनको दिन पारेर पुरस्कार प्रदान गरिदै आएको अक्षय कोष सञ्चालक गोपाल काफ्लेले बताउनु भयो ।

सम्बन्धित खवर