लेटाङ नगरपालिकाद्धारा ४० विपन्न परिवारलाई कम्बल वितरण, ५ सयलाई बाँड्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लेटाङ नगरपालिकाद्धारा ४० विपन्न परिवारलाई कम्बल वितरण, ५ सयलाई बाँड्ने

साइनो समाचारदाता
पथरी । लेटाङ नगरपालिकाले विपन्नसँग मेयर कार्यक्रम अन्तर्गत ५ सय विपन्न परिवारलाई कम्बल वितरण गर्ने भएको छ । शुक्रबार विपन्नसँग मेयर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै नगर प्रमुख शंकर राईले वडा नं. ४ का ४० विपन्न परिवारलाई कम्बल वितरण गनुभयो ।

मेरो सुबिधा कटाई देउ नगरबाट फुसको छानो हटाई देउ कार्यक्रम गर्दै नगरबाट फुसको छानो हटाएर चर्चामा आएका मेयरले विपन्नसँग मेयर कार्यक्रम अन्तर्गत ५ सय विपन्न परिवारलाई कम्बल वितरण गर्ने बताएका छन । लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले झण्डै ५ सय विपन्न परिवारलाई विपन्नसँग मेयर कार्यक्रमले प्रत्यक्ष रुपमा जोड्ने बताउनु भएको छ । शुक्रबार विपन्नसँग मेयर कार्यक्रमको औपचारिक रुपमा सुरु गर्दै मेयर राईले सो कुरा बताउनु भएको हो । कार्यक्रमको सुरु भएसँगै वडा नं. ४ का ४० विपन्न परिवारलाई नगर प्रमुख राईले कम्बल वितरण गनुभयो ।

नगर परिसरमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख शङ्कर राईले नगरमा जनप्रतिनिधि आएको अनुभुति हुने गरी काम गरिहेको बताउनु भयो । उहाँले नगरका मेयर उप मेयर मालिक नभएको बताउनु भयो । हामी सकेसम्म नगरवासीको दुख र पीडामा सहयोग गर्न चाहान्छौ । उहाँ चालु वर्षको नीति तथा कार्यक्रम मै विपन्नसँग मेयर कार्यक्रम राखिएको र त्यसका लागि १५ लाख रुपियाँ विनियोजन भएको बताउनु भयो । नगरले एक्लै केही गर्न सक्दैन, त्यसैले स्थानीय सामूदायिक वनको सहकार्यमा अति विपन्न परिवारलाई सुत्ने खाट ,न्यानो लुगा र सुत्केरी आमालाई पोषणयुक्त खानाको समेत ब्यवस्थागर्ने नगर प्रमुख राईको भनाई थियो । उहाँले सधै विपन्न भएर नगरले दिनु मात्र पनि राम्रो नहुने बताउँदै अब नगरपालिकाले विपन्नलाई सीप प्रदान गरेर आफै कमाएर खान सक्ने बनाउने बताउनु भयो । हामीले माछा दिने भन्दा पनि माछा मारेर खान बल्छी दिने अभियानको सुरु गरेका छौं । त्यसको परिणाम पनि आएको उहाँको भनाई छ ।

हरेक दिन जसो उपचारका लागि सहयोग माग्न आउनेका सङ्ख्या बढीरहेको बताउँदै उहाँले अति विपन्न परिवारलाई वडा कार्यालयको सिफारिसमा स्वास्थ्य बीमाका लागि सहयोग गर्ने समेत उल्लेख गर्नुभयो । नगरको मुख्य बजार क्षेत्रमा दैनिक ज्यालादारी गरेर कमाएको पैसाले दुई छाक खान मात्र पु¥याउने परिवारलाई नगरले विपन्नसँग मेयर कार्यक्रम मार्फत सेवा प्रदान गरेको हो । नगरले यसै वर्ष देखि १२ वर्ष भन्दा अघि देखि श्रीमान बेपत्ता भएर पनि एकल महिलाको पहिचान बनाउन नसकेका आमाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सुरु गरेको छ । ति आमाहरूको माग र गर्न सक्ने कामको मूल्याङ्कन गरी उनीहरूलाई स्वरोजगार बनाइने नगर प्रमुख शङ्कर राईले बताउनुभयो ।

नगरपालिका परिसरमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले नगरको सिमित स्रोत र साधन भए पनि नगरवासीसँग गहिरो सम्बन्ध राखिरहेको बताउनु भयो । ४ नं. वडाका वडाध्यक्ष सन्तोष कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई नगरका लेखा अधिकृत शुसील बास्तोलाले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खवर