साइनो समाचारदाता
काठमाडौं । चितुवाको छाला र हड्डीसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका ४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका ५ बस्ने ३५ वर्षीय बीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन्
गोदावरी नगरपालिका २ स्थित मिट पोइण्ट होटलबाट चितुवाको १ थान छाला र २ थान हड्डीसहित पक्राउ परेका किरनको बयानको आधारमा बीर बहादुर र योगेन्द्रलाई समेत शुक्रबार प्रहरीले पक्राउ गरेको हो । बरामद छाला र हड्डी डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















